निर्माण व्यवसायीले देशभर सबै काम ठप्प पार्ने

निर्माण व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको बताएका छन् । इन्धनसँगै निर्माण सामग्रीमा समेत भएको मूल्यवृद्धिका कारण काम गर्न सक्ने अवस्था नरहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित सामग्री

मूल्यवृद्धि फिर्ता नलिए ५ हजार आयोजना रोक्ने चेतावनी

सरकारले इन्धनमा अचाक्ली मूल्य बढाएको भन्दै निर्माण व्यवसायीले देशभर चालु ५ हजारभन्दा बढी आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन् । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि हुने क्रम नरोकिँदा काम गर्न सक्ने अवस्था नभएकाले निर्माण रोक्नुपरेको व्यवसायीको भनाइ छ । पेट्रोलमा एकैपटक प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २७ रुपैयाँ बढेपछि रुग्ण अवस्थामा रहेको निर्माण क्षेत्र थप आक्रान्त बनेको नेपाल निर्माण व्यवसायी महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

५ खर्बका ५ हजार आयोजना बेवारिस छाडेर ठेकेदारको निर्माण होलिडे

देशभर निर्माणाधीन ५ हजारभन्दा बढी आयोजना अलपत्र पार्दै निर्माण व्यवसायीले काम ठप्प पार्ने चेतावनी दिएका छन् । निर्माण सामग्रीको मूल्य अचाक्ली बढे पनि सरकारले समायोजनमा कुनै चासो नदिएपछि व्यवसायीले निर्माण ठप्प पार्नुपरेको बताएका छन् । आइतबारबाट अत्यावश्यकबाहेकका निर्माणका काम रोक्दै ‘निर्माण होलिडे’ गरिने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

आइतबारदेखि ठेकेदारहरुले काम ठप्प पार्ने

काठमाडौं । नेपालका निर्माण व्यवसायीले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । व्यवसायीहरूले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै अत्यावश्यकबाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलनको घोषणा गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन गरेर आइतबारदेखि कन्स्ट्रक्सन होलिड गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष रवि […] The post आइतबारदेखि ठेकेदारहरुले काम ठप्प पार्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प

काठमाडौँ । निर्माण व्यवसायी (ठेकेदारहरू)ले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले शुक्रबार पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो । ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले सो मूल्यवृद्धि समायोजन नभएसम्म […]

आइतबारदेखि ठेकेदारहरूले देशभर काम रोक्ने, ५ हजार बढी आयोजना ठप्प

निर्माण व्यवसायी (ठेकेदारहरू)ले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो ।

आइतबारदेखि ठेकेदारहरूले देशभर काम रोक्ने, ५ हजार बढी आयोजना ठप्प

निर्माण व्यवसायी (ठेकेदारहरू)ले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो ।

मकवानपुरका निर्माण व्यवसायी आन्दोलित, प्रधानमन्त्रीलाई ज्ञापन

मकवानपुर जिल्लाका निर्माण व्यवसायी आन्दोलित भएका छन् । देशभर निर्माण सामग्रीको चर्को मुल्य वृद्धि भएका कारण विकास निर्माणको काम ठप्प हुने अवस्था रहेकोभन्दै उनीहरु आन्दोलित भएका हुन् ।

मूल्यवृद्धि समायोजन नगरे देशभर काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले पेट्रोलियम पदार्थ लगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धि समायोजन नगरिए निर्माण कार्य बन्द (होलिडे) गर्ने चेतावनी दिएको छ । निर्माणमा प्रयोग हुने बिटुमिन, नदीजन्य समाग्री, सिमेन्ट, फलाम, छड, पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टितेल) लगायतमा अप्रत्यासित मूल्य वृद्धि भएकाले सोअनुसारको लागत समायोजन गर्नुपर्ने माग महासंघको छ ।