ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का तीन पांग्रे विद्युतीय सवारी नेपाली बजारमा भित्र्याइने भएको छ । एमएडब्लू भृद्धिले ३० असोज ओएसएमका तीन पांग्रे विद्युतीय सवारीनेपाली बजारमा ल्याउने भएको हो ।वातावरण मैत्री र किफायती भएकै कारण इलेक्ट्रिक भेहिकल प्रति आम जनमानसको चासो बढिरहेका बेला नयाँ गाडी भित्र्याइन लागिएको हो ।