कोरोना भाइरस (कोभिड–१९) संक्रमणको फैलावट देखाउने गम्भीर तथ्य बाँकेको भेरी अस्पतालबाट सार्वजनिक भएको छ ।
भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा १२३ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि भएको छ, जुन ६१% हो ।
अस्पतालले फेसबूक पेजमार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोनाको दोस्रो लहर व्यापक र तीब्रगतिमा फैलिँदै गएको छ ।
‘नयाँ वर्ष सँगसँगै कोभिड नियन्त्रणको निम्ति सबैले आ–आफ्नो ठाउँबाट सक्दो पहल गर्नु अपरिहार्य भएको छ,’ अस्पतालले भनेको छ, ‘भीडभाड नगरौं, सुरक्षा...