कोस्टारिकाको एउटा चिडियाखानामा भाले गोहीसँग संसर्ग नै नगरि एउटा पोथी गोही आफैँ गर्भवती भएको पत्ता लागेको छ । यसअघि गोहीमा त्यस्तो अवस्था हुने गर्छ भन्ने तथ्य बाहिर आएको थिएन ।
कोस्टारिकाको ‘पार्क रेप्टिलानिया’ मा पालिएको एउटा १८ वर्षे पोथी गोहीले सन् २०१८ को जनवरीमा पारेको अण्डामा यो घटना पुष्टि भएको हो । गर्भवती अवस्थामा गोहीको अण्डाभित्र विकसित भ्रूणमा ९९ दशमलव ९ प्रतिशत अनुवांशिक समानता छ ।
अण्डामा भ्रूण पूर्ण रूपमा विकसित भएको थियो तर कोरलिन नपाइ त्यो मरेको थियो । पोथी गोहीलाई दुई वर्षको उमेरद...