आजभन्दा ६ करोड ६० लाख वर्षअघि आकाशबाट खसेको विशाल उल्कापिण्डका कारण डाइनोसरहरू अनि पृथ्वीको ७५ प्रतिशत जीवन समूल नष्ट भएको अनुमानलाई पुष्टि गर्ने एक तथ्य वैज्ञानिकहरूले फेला पारेका छन् ।
उल्कापिण्ड खसेर बनेको खाल्डोमा भेटिएको धूलोबाट यो तथ्य प्रमाणित भएको हो ।
टेक्सस विश्वविद्यालयका अनुसन्धाताहरूले मेक्सिको खाडीमा रहेको चिक्सुलुब क्रेटरमुनिका चट्टानहरूको अध्ययनबाट यो कुरा पत्ता लगाएका हुन् ।
उनीहरूले चट्टानका नमूनामा उल्कापिण्डको धूलो भेटेका थिए । डाइनोसरहरू एउटा शहरको जत्रो आकार भ...