वामपन्थी गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणका लागि उम्मेदवार मनोनयन गर्ने दिनभन्दा केही अघि मात्र सिट बाँडफाँट सार्वजनिक गर्ने भएको छ । सिट बाँडफाँटसहित नाम सार्वजनिक गर्दा विभिन्न जिल्लामा विवाद उत्पन्न सक्ने भन्दै गठबन्धनले अन्तिम समयमा मात्र नाम सार्वजनिक गर्ने रणनीति बनाएको हो।