काठमाण्डाै - मंसिर ४ गते हुने चुनावमा पनि तालमेल गरेर जाने निर्णय गरेका सत्ता गठबन्धनभित्र सिट बाँडफाँट अझै मिल्न सकेको छैन । महिनौँदेखि छलफल भइरहे पनि सहमति जुट्न नसकेको हो।
हिजोको बैठक पनि सहमतिमा पुग्न नसकेपछि आज फेरि छलफल हुने नेताहरुले बताएका छन् । झण्डै एक सय सिटमा दलहरूको एकल दाबी रहेको र बाँकी सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा कुरा मिल्न नसकेको नेताहरुको भनाइ छ ।
प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै चुनावमा गठबन्धन गर्ने उनीहरुको प्रयास छ । गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले बढी सि...