मोरङ – राष्ट्रिय अपांग महासंघ प्रदेश १ समितिले सरकारको नीति, कार्यक्रम तथा बजेटमा अपांगता भएका व्यक्तिको अर्थपूर्ण सहभागिताको माग गरेको छ। विराटनगरस्थित सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहांगलाई बुधबार ध्यानाकर्षण गराउँदै समितिले अपांगतामैत्री भौतिक संरचना निर्माण हुनुपर्ने, आवश्यक सहायक सामग्रीको व्यवस्था हुनुपर्ने, दोभाषेको नियुक्ति हुनुपर्नेलगायत ५ बुँदे माग राखेको छ। समितिका कार्यक्रम अधिकृत सरोज नेपालीले प्रदेशस्तरमा ऐन, […]