प्रदेश प्राविधिक विश्व विद्यालयसम्बन्धी अध्यादेश बहुमतले स्वीकृत

प्रदेश २ सरकारले ल्याएको प्रदेश प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको छ । प्रदेशसभाको बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेस गरेको ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको हो ।बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्‍वर साहले अध्यादेश अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका थिए भने उक्त प्रस्ताव साहले फिर्ता नलिएपछि उनको प्रस्ताव बहुमतले अस्वीकृत गरिएको थियो ।प्रदेश सरकारले करिब एक महिना अघि ल्य

सम्बन्धित सामग्री

गण्डकी प्रदेशसभाद्वारा दुई अध्यादेश स्वीकृत

पाेखरा- गण्डकी प्रदेशसभाले दुईवटा अध्यादेश स्वीकृत गरेको छ। प्रदेशसभाको बिहीबारको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो। बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले अध्यादेशलाई स्वीकृत गरियोस् […]

पाँच अध्यादेश स्वीकृत

बागमती प्रदेश सभाको सोमबार बसेको बैठकबाट पाँचवटा अध्यादेश स्वीकृत भएका छन् ।  गत १८ पुसमा बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरू सर्वसम्मत स्वीकृत भएका हुन् ।  बैठकमा मुख्यमन्त्री...

बागमती प्रदेशसभा बैठकबाट ५ वटा अध्यादेश स्वीकृत

हेटौंडा : बागमती प्रदेशसभा बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको छ।प्रदेशसभाको सोमबार बसेको बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको हो। प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले ५ वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।अध्यादेश अस्वीकारसम्बन्धी प्रदेशसभामा निवेदन नपरेकोले सभामुख भुवनकुमार पाठकले अध्यादेश सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए।मुख्यमन्त्री जमकट्टेलले सभामा पेश गरेको प्रदेश निजामती सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध

राष्ट्रियसभाबाट आठ अध्यादेश स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ स्वीकृत गरेको छ । त्यसै गरी स्वास्थ्यकर्मी तथा सवास्थ्य संस्थाको …

कर्णाली प्रदेशसभाबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत

कर्णाली । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठकबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत भएका छन् । कर्णाली प्रदेशसभाको बैठक चालु नभएको अवस्थामा कर्णाली प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी भएका पाँच अध्यादेश बैठकबाट सर्वसम्मत स्वीकृत भएका हुन् । बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई ‘कणाली प्रदेश विनियोजन […]

कर्णालीमा आर्थिक अध्यादेश स्वीकृत

कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएको छ । मंगलबार प्रदेशसभा बैठकबाट अध्यादेश स्वीकृत भएको हो । संसद्मा आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले प्रस्ताव गरेका थिए । प्रदेशसभा सञ्चालन नभएको अवस्थामा प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको जानकारी दिए । यस अघि बजेटमा केही कार्यक्रम बाहेकका १५ लाख भन्दा कम योजनाहरू कार्यान्वयन नगर्ने सत्तापक्ष र प्रतिपक्षबिच सहमति भएको थियो ।

प्रदेश विश्वविद्यालय अध्यादेश बहुमतले स्वीकृत

जनकपुर । प्रदेश नं २ को प्रदेशसभा बैठकले प्रदेश सरकारद्वारा ल्याइएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ बहुमतले स्वीकृत गरेको छ । प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको कृषि विश्वविद्यालय अध्यादेश, २०७८ लाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य दलका प्रदेशसभा सदस्यले समर्थन जनाएपछि अध्यादेश बहुमतले स्वीकृत भएको उपसभामुख उपमा […]

प्रदेश २ मा कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेश स्वीकृत

८ पुस, जनकपुरधाम । प्रदेश–२ सरकारले ल्याएको कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेश प्रदेशसभाबाट स्वीकृत भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले यो अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेश गरेका थिए । प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद परमेश्वर साहले यो अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश […]

नाराबाजीबीच चार अध्यादेश स्वीकृत

प्रतिनिधिसभाको बुधबारको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच सञ्चालित बैठकले ती अध्यादेश स्वीकृत गरेको छ । बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षा […]

नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश स्वीकृत

प्रमुख प्रतिपक्षी दल एमाले सांसदको नाराबाजी भइरहँदा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।