सगरमाथा जलविद्युत कम्पनी र मोलुङ्ग हाइड्रोपावरको आईपीओ सूचीकृत,कति पाए ओपन रेञ्ज ?

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ८० लाख २५ हजार कित्ता र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको १ करोड १२ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यी दुबै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात बिहीवार देखि कारोबारमा आउनेछ् ।  नप्सेले सगरमाथा जलविद्युत कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १११ दशमलव ४१ देखि अधिकतम रु. ३३४ दशमलव २३ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहिवार देखि कारोबारमा आउनेछ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिएको ११ लाख २० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ४३ लाख ६८ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५७ लाख १२ हजार कित्ता गरी कुल १ करोड १२ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एसएमजेसी रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस  सेवा प्रभु क्यापिटल काठमाडौंबाट हुने जानकारी दिएको छ ।  त्यस्तै नप्सेले मोलुङ्ग हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ६० दशमलव ६२ देखि अधिकतम रु. १८१ दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहिवार देखि कारोबारमा आउनेछ । कम्पनीले स्थानिय बासिन्दका लागि वितरण गरेको ८ लाख २ हजार ५ सय कित्ता,सर्वसाधारणको लागि निष्कासन गरेको २७ लाख २८ हजार ५ सय कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४४ लाख ९४ हजार कित्ता गरी कुल ८० लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एमएचसिएल रहेको छ । साथै कम्पनीले सूचीकरण  पश्चात दिनुपर्ने आरटिएस सेवा सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंमाबाट हुने जानकारी गराएको छ । 

सम्बन्धित सामग्री

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्कासित प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त सेयर बाँडफाँट भएको हो । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । सार्वजनिक रुपमा निष्कासन खुला गरिएको सगरमाथा जलविद्युत् कम्पनीको सर्वसाधारणको लागि निष्कासित ३५ लाख ८१ […]

सगरमाथा हाइड्रोपावरको आईपीओ खुल्यो

८ चैत, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेकेा छ । […]

सगरमाथा जलविद्युतको आईपीओ खुला, क-कसले दिन पाउँछन् आवेदन ?

५ माघ, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बिहीबारदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला …

आईपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत कम्पनी – देशसञ्चार

काठमाडौँ – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निस्कासन गर्ने भएको छ । इलाम नगरपालिकामा रहेको ९.६ मेगावाटको माथिल्लो माई जलविद्युत आयोजनाको

आईपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत कम्पनी

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निस्कासन गर्ने भएको छ । इलाम नगरपालिकामा रहेको ९.६ मेगावाटको माथिल्लो माई जलविद्युत आयोजनाको विकासकर्ता सगरमाथा जलविद्युत कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामुहिक लगानी कोषसहितका लागि ५४ लाख ८८ हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको हो । कम्पनीको कुल पुँजी १ अर्ब १२ करोड छ । […]

सगरमाथा जलविद्युत कम्पनीले आईपीओ ल्याउने

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता एक कार्यक्रमको आयोजना गरी सम्पन्न छ । सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक […]

सगरमाथा जलविद्युतको पहिलो साधारण सभा पुस १४ गते, आईपीओ जारी गर्ने प्रस्ताव

मंसिर २३, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा बिहान ९ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । सभाको प्रस्तावमा आईपीओ जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने, सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।