सगरमाथा जलविद्युतको पहिलो साधारण सभा पुस १४ गते, आईपीओ जारी गर्ने प्रस्ताव

मंसिर २३, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा बिहान ९ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । सभाको प्रस्तावमा आईपीओ जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने, सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

सागर डिष्टिलरीले प्रिमियममा आईपीओ जारी गर्ने, साधारण सभा मङ्सिर १५ मा

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नेलगायत प्रस्ताव पारितका लागि मङ्सिर १५ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन प्रस्तावसँगै सो कार्यका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्तिको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

स्टार हस्पिटलले आईपीओ जारी गर्ने, असोज २६ गते बोलायो साधारण सभा

काठमाडौं । स्टार हस्पिटल लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्ने भएको छ । असोज २६ गते बिहान १० बजे ललितपुर सानेपास्थित स्टार हस्पिटलको प्राङ्गणमा विशेष साधारण सभा आह्वान गरिएको छ । सभामा सर्वसाधारणमा आईपीओ जारी गर्ने, अधिकृत तथा जारी पूँजी वृद्धि गर्नेसम्बन्धी प्रस्तावसमेत पारितका लागि पेस गरिनेछ ।  हस्पिटल क्षेत्रको कम्पनीहरूमध्ये आईपीओ जारी गर्ने दोस्रो कम्पनीको रूपमा यस कम्पनीले तयारी थालेको हो । नर्भिक इन्टरनेशनल हस्पिटलले पनि सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ ।

सेवा हाईड्रोले आईपीओ जारी गर्ने, असोज २० गते बोलायो साधारण सभा

काठमाडौं । सेवा हाईड्रो लिमिटेड कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि कम्पनीले असोज २० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको काठमाडौं थापागाउँस्थित रजिष्टर्ड कार्यालयमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासनपछि प्राप्त हुने कुल रकम आयोजना निर्माण गर्दा कायम बैंक वा अन्य दायित्व पूरा गर्नका लागि खर्चिन स्वीकृति प्रदान गर्नेछ । अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने र संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तनको विषय पनि सभाका लागि तय भएको छ । कम्पनी सञ्चालकको राजीनामा स्वीकृति तथा नयाँ सञ्चालकको गठन समेत सभामार्फत हुनेछ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

प्रिमियममा आईपीओ जारी गर्न लागेको रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (Reliable Nepal Life Insurance Limited)ले असार १ गते छैटौं वार्षिक साधारण सभा (Annual General Meeting) बोलाएको छ । जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसरा ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको यस कम्पनीले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारितका लागि वार्षिक साधारण सभा बोलाएको हो । सभाले चालु आर्थिक वर्ष ०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ । यस कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १९० थप गरी प्रतिकित्ता रू. २९० मा सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी गरेको छ ।  कम्पनीले उक्त मूल्यमा रू. ३ अर्ब १५ करोड ५६ लाख २५ हजार बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ । नेपाल धितोपत्र बोर्ड (Sebon) मा कम्पनीले गत चैत ५ गते आईपीओ निष्कासनका लागि निवेदन दर्ता गराएको छ ।

श्रृजनशील लघुवित्तको तेस्रो साधारण सभा पुस २७ गते, आईपीओ जारी गर्ने प्रस्ताव

पुस ५, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय गोलबजार, सिराहामा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, कम्पनीको जारी पूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने तथा प्राप्ति हुने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

वन ओ वन कम्पनीको १०औं साधारण सभा पुस २३ गते, लाभांश र आईपीओ जारी गर्ने प्रस्ताव

पुस ४, काठमाडौं । वन ओ वन कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा पुस २३ गते हुने भएको छ । सभा बञ्जला, मस्कोभा, रेष्टुरेन्ट, नक्साल, काठमाडौंमा दिउँसो १ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई १५ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा आईपीओ जारी गर्ने, रिक्त सञ्चालक समितिको निर्वाचन गर्ने, दिव्यश्वरी हाइड्रोपावर कम्पनीमा रहेको शेयर विक्री गर्ने लगायतका रहेको छ ।

आईपीओ जारी गर्ने प्रस्ताव सहित नागरिक स्टक डिलरद्वारा साधारण सभा आह्वान

मंसिर २६, काठमाडौं । सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव सहित नागरिक स्टक डिलर कम्पनीले पुस २३ गते दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । धितोपत्र व्यापारीको काम गर्ने गरी नेपाल धितोपत्र बोर्डको अनुमति पाएको यस कम्पनीले सर्वसाधारणमा जारी पू्ँजीको ३० प्रतिशतले हुन रू. १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । कुल कित्ताशेयरमध्य कम्पनीले २ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गर्नेछ । यस कम्पनीमा नागरिक लगानीकोषसँगै नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको समेत शेयर स्वामित्व रहेको छ । रू. ५ अर्ब पूँजीको यो कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहने गरी आगामी दिनमा शेयर जारी गर्ने योजना पनि कम्पनीको छ । नागरिक लगानीकोषको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले कोषको भवन, नयाँ बानेश्वरमा अपरान्ह ३:३० बजे सभा गर्ने भएको हो । सभाले आईपीओ प्रस्ताव सहित गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । साथै संस्थापक समूहबाट सञ्चालकहरु मनोनय तथा निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । सभाले सञ्चालकहरुको पारिश्रमिक, भत्ता एवम् सुविधालाई निर्धारण समेत गर्नेछ ।

पिपुल्स हाइड्रोपावरको साधारण सभा मंसिर २३ गते, आईपीओ जारी गर्ने प्रस्ताव

मंसिर १, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा मंसिर २३ गते हुने भएको छ । सभा क्वालिटी ब्यक्वेट, बुद्धनगर, काठमाडौंमा दिनको ११:३० बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । सभाको प्रस्तावमा आईपीओ जारी गर्ने, आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर जारी गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने रहेको छ । त्यस्तै, यस कम्पनीले सुपरदोर्दी इन्भेष्टमेण्टाई मर्जर गर्ने भएकाले सो सम्बन्धी गरेका सम्पूर्ण कार्य अनुमोदन गर्ने साथै, मर्जर सम्बन्धी कार्यका लागि नियमनकारी निकायबाट कुनै निर्देशन आएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु सभाको लागि तय भएका छन् । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।