सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्कासित प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त सेयर बाँडफाँट भएको हो । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । सार्वजनिक रुपमा निष्कासन खुला गरिएको सगरमाथा जलविद्युत् कम्पनीको सर्वसाधारणको लागि निष्कासित ३५ लाख ८१ […]

सम्बन्धित सामग्री

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट , ३ लाख ५८ हजार १७६ जनाले पाए शेयर

काठमाडौं। सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । शुक्रवार  प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओ ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आईपीओमा कुल १४ लाख ४४ हजार ९७८ जनाले आवेदन दिएकोमा ५१ हजार ८२५ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जानकारी दिएको छ ।   । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणमा साधारण शेयर निष्कासन गरेको थियो ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोडभन्दा माथि रहेको छ ।

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट हुँदै

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओ चैत १७ गते शुक्रवार बाँडफाँट हुँदै छ । उक्त दिन अपराह्न ३ः३० मा आईपीओ बाँडफाँट हुने जानकारी विक्री प्रबन्धक प्रभु क्यापिटल दिएको हो । कम्पनीको आईपीओ ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि  शेयर निष्कासन गरेको थियो ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोडभन्दा माथि रहेको छ ।

सगरमाथा हाइड्रोपावरको आईपीओ खुल्यो

८ चैत, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेकेा छ । […]