काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । अव कम्पनीका सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण कायहर्रु प्रभु क्यापिटलबाट हुनेछन् ।
कम्पनीले केही समय अगाडि आईपीओ निष्कासन गरी चैत ३० गते देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिएको ११ लाख २० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ४३ लाख ६८ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५७ लाख १२ हजार कित्ता गरी कुल १ करोड १२ लाख कित्ता साधारण शेयर चैत ३० गते सूचीकृत गराएको थियो ।
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्कासित प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त सेयर बाँडफाँट भएको हो । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । सार्वजनिक रुपमा निष्कासन खुला गरिएको सगरमाथा जलविद्युत् कम्पनीको सर्वसाधारणको लागि निष्कासित ३५ लाख ८१ […]
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ (IPO) मा माग भन्दा ३ दशमलव ०३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रवार १ः३८ सम्ममा ९ लाख ६३ हजार ५१८ जना आवेदकले १ करोड ८ लाख ८१ हजार २१० कित्ता शेयरका लागि आवेदन दिएका हुन ।
कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकोे हो ।
कम्पनीले जारी पूँजी रू. १ अर्ब १२ करोडको १० प्रतिशत दरको ११ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ३९ प्रतिशतले हुन आउने ४३ लाख ६८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली ,कर्मचारी तथा सामूहिक लगानीकोष समेतका लागि विक्री गर्ने गरी नियामक निकायबाट स्वीकृति पाएको थियो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणतर्फको १० प्रतिशत शेयर बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारी, सामूहिक लगानीकोषका लागि शेयर सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याएको हो ।
कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
विक्री अधि छिटोमा चैत १२ गतेसम्मका लागि तोकिएको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत २२ गतेसम्म विक्री लम्बिनेछ । तर कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले आईपीओ छिटो अवधि चैत १२ गतेसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपि त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि– आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
८ चैत, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेकेा छ । […]
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निस्कासन गर्ने भएको छ । इलाम नगरपालिकामा रहेको ९.६ मेगावाटको माथिल्लो माई जलविद्युत आयोजनाको विकासकर्ता सगरमाथा जलविद्युत कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामुहिक लगानी कोषसहितका लागि ५४ लाख ८८ हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको हो । कम्पनीको कुल पुँजी १ अर्ब १२ करोड छ । […]