जजिराले थाल्यो भैरहवाबाट दैनिक उडान

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुुवेतका लागि दैनिक उडान सुरु गरेको छ । गत जेठ २ गते विमानस्थल उद्घाटन भएसँगै कुवेत–भैरहवा साताको तीन उडान गर्दै आएको जजिराले शुक्रबारदेखि दैनिक एक उडान सुरु गरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरवेजले कुवेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताउनुभयो ।

सम्बन्धित सामग्री

तुम्लिङटारमा ५२ वर्षपछि उड्न थाल्यो ७२ सिटे जहाज

सङ्खुवासभा – सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको छ । तुम्लिङटार विमानस्थलमा पहिलो पटक बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले उडान सुरु गरेको छ । तुम्लिङटार विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले मङ्गलबारदेखि दैनिकरूपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्न थालेको नागरिक उड्डयनको कार्यालय तुम्लिङटारले […]

बुद्ध एयरले एटीआर–७२ जहाजबाट थाल्यो काठमाडौं–तुम्लिङटार उडान, उडान पनि थपिने

काठमाडौं । काठमाडौं–तुम्लिङटार गन्तव्यमा एटीआर–४२ जहाजबाट उडान गर्दैै आएको बुद्ध एयरले अब भने एटीआर–७२ बाट उडान शुरू गरेको छ । बुद्ध एयरले मंगलवारबाट यो गन्तव्यमा एटीआर–७२ जहाजबाट उडान थालेको हो । ७० सिट क्षमताको एटीआर–७२ जहाजबाट उडान शुरू गरेसँगै बुद्ध एयरले काठमाडौं–तुम्लिङटार गन्तव्यमा थप एउटा उडान थप गर्ने योजना पनि अघि सारेको छ । अहिले भने दैनिक एउटा उडान गरिएको कम्पनीले जानकारी दिएको छ ।  सिट क्षमता बढी भएको जहाज उडान गर्दा भाडा दर पनि घट्ने र सञ्चालन खर्च पनि व्यवस्थापन हुने देखिएकाले त्यस गन्तव्यमा यो जहाजबाट उडान शुरू गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो गन्तव्यको शुरूवाती भाडा दर ६ हजार ३८५ रूपैयाँ छ । अधिकतम भाडा भने ७ हजार ६५० रूपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । ७० सिट क्षमता भएको जहाज उडान गरे पनि कम्पनीले यो जहाजबाट शुरूमा ५५ जना यात्रुलाई मात्रै सेवा दिनेछ । यसअघि एटीआर–४२ जहाजबाट भने ४०/४२ जना यात्रुले सेवा लिएका थिए । अहिले बुद्ध एयरसँग अधिकांश जहाज एटीआरकै छन् । १२ ओटा यस्ता जहाजबाट कम्पनीले मुलुकका विभिन्न गन्तव्यहरूमा उडान गर्दै आएको छ ।

भैरहवाबाट हिमालयले थाल्यो चार्टड उडान

निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ । कम्पनीले हाललाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दैनिक व्यावसायिक चार्टड उडान थालेको हो । बिहीबार मलेसियाको क्वालालम्पुरबाट भैरहवा अवतरण भएको हिमालयको पी–३२० जहाज बिहीबारै पुनः क्वालालम्पुर फर्किएको हो । आज १३५ जना यात्रु बोकेर हिमालयको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडेको हो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दैनिक चार्टड उडानलाई परीक्षणको रुपमा लिइएको र यो सफल भएपछि दैनिक तालिका बनाएरै उडान गर्ने बताएका छन् । ग्राउन्ड ह्यान्डन्लिङ दिने भए भैरहवाबाट उडान गर्ने बताउँदै आएको हिमालय एयरलाइन्सले चार्टड उडान सुरु गर्नुलाई अर्थपूर्ण मानिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पनि भैरहवा एयरपोर्टको ग्राउन्ड ह्यान्डलिङ निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनीलाई दिन सकिने संकेत गरिसकेका छन् । स्रोतले पनि हिमालय एयरलाइन्सले भैरहवा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाउने र सोही सर्तमा उसले उडान थालेको बताएको छ ।

भैरहवाबाट हिमालय एयरलाइन्सले थाल्यो दैनिक मलेसिया उडान

१७ कात्तिक, भैरहवा । हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान थालेको छ । हिमालय जजिरा एयरवेजपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने दोस्रो कम्पनी बनेको छ । बिहीबार मलेसियाको क्वालालम्पुर विमानस्थलबाट भैरहवा अवतरण गरेको हिमालय एयरलाइन्सको पी-३२०जहाज बिहीवार क्वालालम्पुरका लागि उडेको हो ।  हिमालयले मलेसिया पठाउने अधिकांश यात्रुलाई काठमाडौंबाट भैरहवा ल्याएको थियो । १३५ […]

गौतमबुद्ध विमानस्थलमा जजिराले थाल्यो दैनिक उडान

रूपन्देही- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि आजदेखि जजिरा एयरवेजले आफ्नो […]

जजिराले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान

काठमाडौँ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि नियमित उडान […]

जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाल्यो दैनिक उडान

३१ भदौ, काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि […]

दैनिक हुन थाल्यो भैरहवा - कुवेत उडान, कात्तिकदेखि यूएईको गन्तव्य थपिने

भैरहवाट कुवेतका लागि साताको तीन उडान गर्दै आएको जजिरा एयरलाइन्सले शुक्रबारदेखि भने दैनिक सेवा थालेको छ । जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले सातामा तीन उडान गर्दै आएको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरलाइन्सले कुवेत–भैरहवा रुटमा दैनिक एउटा उडान सञ्चालन गरेको बताए ।

थाइ स्माइलले थाल्यो बैंकक–काठमाडौ‌ं उडान

१७ असार, काठमाडौं । थाइल्याण्डको वायुसेवा कम्पनी थाइ स्माइल एयरवेजले बैंकक–काठमाडौं–बैंकक रुटमा उडान थालेको छ । यो रुटमा शुक्रबारदेखि दुई तर्फी हवाई सेवा सुरु भएको हो । कम्पनीका अनुसार अब दैनिक एक उडान यस रुटमा हुनेछ …

वतानिया एयरवेजले थाल्यो काठमाडौं-कुवेत सिधा उडान

कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेजले काठमाडौं– कुवेत सिधा उडान थालेको छ। सेवा सञ्चालनसँगै वतानिया एयरवेज कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ। यो सेवाबाट नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र कुवेतमा कामका लागि जानेहरु लाभान्वित हुने कम्पनीले जनाएको छ। एयरलाइन्सले सेवाको सुरुवाती अवसरमा कुवेतसम्मको दैनिक उडानका लागि भाडादर २३ हजार तोकेको…