भैरहवाबाट हिमालयले थाल्यो चार्टड उडान

निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ । कम्पनीले हाललाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दैनिक व्यावसायिक चार्टड उडान थालेको हो । बिहीबार मलेसियाको क्वालालम्पुरबाट भैरहवा अवतरण भएको हिमालयको पी–३२० जहाज बिहीबारै पुनः क्वालालम्पुर फर्किएको हो । आज १३५ जना यात्रु बोकेर हिमालयको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडेको हो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दैनिक चार्टड उडानलाई परीक्षणको रुपमा लिइएको र यो सफल भएपछि दैनिक तालिका बनाएरै उडान गर्ने बताएका छन् । ग्राउन्ड ह्यान्डन्लिङ दिने भए भैरहवाबाट उडान गर्ने बताउँदै आएको हिमालय एयरलाइन्सले चार्टड उडान सुरु गर्नुलाई अर्थपूर्ण मानिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पनि भैरहवा एयरपोर्टको ग्राउन्ड ह्यान्डलिङ निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनीलाई दिन सकिने संकेत गरिसकेका छन् । स्रोतले पनि हिमालय एयरलाइन्सले भैरहवा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाउने र सोही सर्तमा उसले उडान थालेको बताएको छ ।

सम्बन्धित सामग्री

थाई एयरले पुनः थाल्यो काठमाडौँ–बैंकक उडान

काठमाण्डौ, कार्तिक १३ । थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एअरवेज इन्टरनेशनलले काठमाण्डौ–बैङ्कक उडान पुनः शुरु गरेको छ । कोभिड–१९ का कारण काठमाण्डौको उडान बन्द गरेको कम्पनीले आइतबारदेखि पुनः उडान थालेको हो । कम्पनीले कोभिडका कारण सन् २०२० मार्च २५ तारिखदेखि काठमाण्डौ गन्तव्यको उडान बन्द गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एअरवेजले […]

थाई एयरले पुनः थाल्यो काठमाडौँ–बैंकक उडान

थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाडौँ–बैंकक उडान पुनः सुरु गरेको छ । कोभिड–१९ का कारण काठमाडौँको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो । कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाडौँ गन्तव्यको उडान बन्द गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयरवेजले आइतबारदेखि उडान पुनःसुरु गरेको …

पटक-पटक उडान रोकेको जजिराले पुनः थाल्यो भैरहवा उडानको तयारी

कुबेतको जजिरा एयरवेजले भैरहवाबाट फेरि उडान थाल्ने तयारी गरेको छ । पटक-पटक उडान स्थगित गर्दै आएको जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अक्टोवर ३० देखि उडान थाल्ने तयारी गरेको छ ।

यतीको नयाँ जहाजले थाल्यो व्यावसायिक उडान

१४ असोज, काठमाडौं । निजी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले थप गरेको जहाजले शुक्रबारदेखि व्यावसायिक उडान थालेको छ । गत भदौ २० गते छैटौं एटीआर ७२–५०० विमान थप गरेको थियो । सोही जहाजले शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको कम्पनीले जनाएको छ । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरि नेपाल नागरिक उड्डयान प्राधिकरणबाट […]

गौतमबुद्ध विमानस्थलमा जजिराले थाल्यो दैनिक उडान

रूपन्देही- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि आजदेखि जजिरा एयरवेजले आफ्नो […]

जजिराले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान

काठमाडौँ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि नियमित उडान […]

निगमले थाल्यो काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु

काठमाडौं, ९ वैशाख : नेपाल वायुसेवा निगमले काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले आजदेखि सुरु गरेको जनाएको छ ।  नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान आज सवा पाँचबजे प्रस्थान गरेको थियो । […]

नेपाल एअरलाइन्सले जुम्लामा नियमित उडान गर्न थाल्यो

नेत्र शाही – सरकारी स्वामित्वकाे नेपाल एअरलाइन्सले नियमित उडान गर्न थालेको छ । एक महिनाभन्दा बढी समयदेखि उडान नगरेको नेपाल एअरलाइन्सले नियमित तालिकासहित उडान सुरु गरेको हो । अब जुम्लामा हप्तामा दुई वटा उडान गर्ने नेपाल एअरलाइन्सले तालिका सार्वजनिक गरेको छ ।   सरकारी जहाज नआउने र निजी जहाजकै भर पर्नु परेपछि यात्रुलाई निकै सकस भएको थियो । अहिले एअरलाइन्सले हप्तामा दुई उडान भर्न थालेपछि सहज हुने यात्रुहरूले जनाएका छन् ।  एक हप्ता अगाडि राष्ट्रिय मानव अधिकार आयोगको सहजीकरणमा स्थानीय प्...

गुण एयरलाइन्सले थाल्यो सिमरामा नियमित उडान

१६ कात्तिक, काठमाडौं । निजी लगानीको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले सिमरामा नियमित उडान थालेको छ । ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट कम्पनीले सोमबारदेखि सिमरामा नियमित हवाई उडान थालेको जानकारी गराएको छ । आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट गुणले सेवा दिइरहेको छ । गुण एयरलाइन्सले […]

खुल्न थाल्यो विमानस्थल, अन्तर्राष्ट्रिय उडान सुरू

उडानका लागि योग्य भिजिविलिटी नहुँदा तीनबजे बन्द भएको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएको छ।