दैनिक हुन थाल्यो भैरहवा - कुवेत उडान, कात्तिकदेखि यूएईको गन्तव्य थपिने

भैरहवाट कुवेतका लागि साताको तीन उडान गर्दै आएको जजिरा एयरलाइन्सले शुक्रबारदेखि भने दैनिक सेवा थालेको छ । जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले सातामा तीन उडान गर्दै आएको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरलाइन्सले कुवेत–भैरहवा रुटमा दैनिक एउटा उडान सञ्चालन गरेको बताए ।