खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नगरपालिका, ग्लोबल आइएमई बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिबीच त्रिपक्षीय समझदारी भएको छ ।
नगरपालिकामा यसअघि अपनाइँदै आइएको परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमार्फत व्यावसायीकरण गर्दै कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन त्रिपक्षीय समझदारी गरिएको हो ।
आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र दिक्तेल...