काभ्रेपलान्चोक । उद्यमशीलताको विकास एवं प्रवर्द्धनका लागि ‘सहुलियतपूर्ण कर्जा’ उपलब्ध गराउन पाँचखाल नगरपालिकाले वित्तीय संस्थासँगको सम्झौतालाई तीव्रता दिएको छ । उद्यम गर्न चाहने नगरवासीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र नवील बैङ्कबिच शुक्रबार सम्झौता भएको छ । सो सम्झौता पत्रमा नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार र बैङ्कका वाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले हस्ताक्षर गरे […]