कालिकोट । कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको अभाव कम गर्नका लागि १० किलोमिटर टाढाबाट खानेपानी ल्याइएको छ । सदरमुकामवासीलाई खानेपानीको पहुँचमा पुर्याउन नगरपालिकाकै अग्लो चुली पहाडको पानी सदुरमुकाम मान्म बजारमा ल्याइएको हो । विसं २०७८ बाट निर्माण सुरू गरिएको चुलीमालिका बृहत् खानेपानी आयोजनाको पानी सदरमुकाम मान्ममा झारिएको निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सन प्रालिका […]