तीन वर्ष पहिले क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क’ अहिलेको संरचनाभन्दा केहीमाथि सार्नुपर्ने भएको छ । निर्माणाधीन ‘हेडवर्क’ मा तीन वर्ष पहिले बाढीले क्षति पुर्याएको थियो । क्षतिपछि दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा त्यसलाई स्थानान्तरण गर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ । बैंकले अध्ययन …