धारापानी गाउँका बासिन्दाका घरदैलोमै खानेपानी

कञ्चनपुर : खोलाको पानी पिउँदै आएका चुरे फेदीको शुक्लाफाँटा नगरपालिका–८‚ धारापानी गाउँका बासिन्दाले घरदैलोमै खानेपानी पाउने भएका छन्।वडा कार्यालयले आब ०७८/७९ को ४ लाख ९० हजार बजेट परिचालन गरी खानेपानी निर्माण कार्य अगाडि बढाएको छ।बतासे झर्नामा खानेपानीको इन्टेक टंकी निर्माण गरी धारापानी गाउँसम्म खानेपानी पुर्‍याउन पाइपलाइन बिछ्याउन शुरु गरिएको छ। चार किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याइरहेको वडाध्यक्ष बहादुरसिंह महराले बताए।‘मुहानदेखि गाउँसम्मको दूरी चार किलोमि

सम्बन्धित सामग्री

म्याग्दीको धारापानीमा ‘एक घर, एक धारा’

म्याग्दी, ३ भदौ । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो । एक करोडभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी […]

म्याग्दीको धारापानीमा ‘एक घर, एक धारा’

म्याग्दी, ३ भदौ । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो । एक करोडभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी […]

धनुषाका गाउँमा खानेपानी समस्या

काठमाडाैं । धनुषा । गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व–पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ । बढ्दो खडेरीसँगै भूमिगत पानीको स्रोत सुक्न थालेपछि यस क्षेत्रमा खानेपानी अभाव भएको हो । नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा […]

प्रदूषित खानेपानीले उपत्यकामा हैजा

उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए । महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उनले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताए । उनका अनुसार वागबजारको खानेपानी प्र

प्रदूषित पानी हैजाको कारण

काठमाडौँ – उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए। महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो। उनले धारापानी, […]

म्याग्दीका १९ ओटा सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधुरा

कात्तिक ३०, म्याग्दी । म्याग्दीका १९ ओटा सडक र मोटरेबल पुल  निर्माणसम्बन्धी आयोजना अधुरा रहेका छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ ओटा र संघीय सरकारका आठ ओटा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गत छ ओटा सडक र पाँच ओटा मोटरेबल पुल ढिलासुस्तीले थलिएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीन ओटा प्याकेजका सडक र दुई ओटा मोटरेबल पुल निर्माणको काम पनि समयमै पूरा हुन सकेका छैनन् । एक वर्षअघि नै निर्माण सकिनुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा सञ्चालित पोखरेबगर–चित्रे सडकको ६० प्रतिशत र घारखोलाको मोटरेबल पुलको भौतिक प्रगति २२ प्रतिशत छ । विसं २०७७ माघमै सकिनुपर्ने सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको बेनीको मंगलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर दुरीको सडक कालोपत्र गर्ने योजना पनि अधुरो छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनीयर सन्तोष अर्यालले निर्माण व्यवसायीको समस्या, संघबाट प्रदेशमा आयोजना हस्तान्तरणमा भएको प्रक्रियागत ढिलाइ, कोरोना महामारी, पहिरोबाढी र कटानका कारण सडक र पुल निर्माण कार्य प्रभावित भएको बताए । ‘कोरोना र खरीद ऐनको संशोधनका कारण थपिएको सबै आयोजना आगामी चैत महिनामा सकिँदैछ’, उनले भने, ‘अधुरो आयोजनालाई पूर्णता दिन ताकेता र समन्वय गरिरहेका छौँ ।’ पूर्वाधार विकास कार्यालयअन्तर्गत बेनी–दरबाङ सडकको दुई ओटा प्याकेज, रत्नेचौर–बेनी सडकको दुई ओटा प्याकेज, गलेश्वर–भगवती र दरबाङ धारापानी सडक आयोजनाको भौतिक प्रगति अपेक्षाकृत छैन । गत असारमै सकिनुपर्ने भारबाङस्थित म्याग्दी खोला र अर्गलाको मराङखोलाको पुलको दुईतर्फ पिल्लर ठडाएका छन् । छ्यारछ्यारेको म्याग्दी खोलाको पुलको जग मात्र खनिएको छ । दुई वर्षअघि सम्झौता भएको दाङखोलाको पुल निर्माण अझै शुरु भएको छैन । दुई वर्षअघि नै बनेको स्वाँतखोलाको मोटरेबल पुलसम्म पुग्ने पहुँचमार्ग निर्माण नहुँदा प्रयोगमा आउन सकेको छैन । दुई वर्षअघि नै सकिनुपर्ने विसं २०७३ मा शुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको गलेश्वर–नारच्याङ पुल खण्डको ६० प्रतिशत, नारच्याङ पुल–घाँसा खण्डको ६० प्रतिशत र गलेश्वर–राहुघाट खण्डको भौतिक प्रगति ७० प्रतिशत छ । आयोजना प्रमुख जगत प्रजापतिले गलेश्वरस्थित राहुघाट नदीमा निर्माणाधीन ४० मिटर लामो मोटरेबल पुल अन्तिम चरणमा पुगेको बताए । ६६ प्रतिशत भौतिक प्रगति भएको रुप्सेखोलामा निर्माणाधीन ४० मिटर लम्बाइको मोटरेबल पुल बाढीपहिराले क्षतिविक्षत भएपछि पुनः ठेक्का आह्वानको तयारी भएको छ । पोखरेबगर र महभिरस्थित कालीगण्डकी नदीमा हालै पक्की पुल निर्माण गरेको सडक विभागअन्तर्गत पुल महाशाखाले बेगखोलामा पनि पक्की पुल बनाउन ठेक्का प्रक्रिया शुरु गरेको छ । सडक र पुल निर्माणमा भएको ढिलासुस्तीले स्थानीयवासीलाई आवतजावतमा सास्ती, दूर्घटनाको जोखिम, आयोजनाको लागत र ढुवानी खर्च बढेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले नीतिगत समस्या, नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन र समयमा भुक्तानी नहुनु, विद्युत्का पोल र तार तथा खानेपानीको पाइप व्यवस्थापनमा समन्वयको कमी र सामाजिक समस्याका कारण निर्माणमा असर परेको बताए । जिल्ला प्रशासन कार्यालयले सोमवार बेनीमा आयोजना गरेको सम्बद्ध आयोजना, निर्माण ब्यवसायी, जनप्रतिनिधिको संयुक्त बैठकमा निर्माण व्यवसायीले पूर्वनिर्धारित समय, लागत र गुणस्तरमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले सडक र मोटरेबल पुलमा देखिएको समस्या पहिचान गरी निर्माणमा तीव्रता दिने प्रतिबद्धतापत्र जारी भएको जानकारी दिए । बैठकपछि निर्माण कार्यलाई गति दिन नदीजन्य निर्माण सामग्रीको व्यवस्थापनका लागि जिसस, पालिका र निर्माण व्यवसायीबीच समन्वय गर्ने, खानेपानी र विद्युत्सँग सम्बन्धित समस्या समाधानका लागि समन्वय गर्ने, राजनीतिक र प्रशासनिक नेतृत्वले अनुगमन र सहजीकरण गर्ने निर्णय भएका प्रजिअ रानाले बताए ।  रासस

पहिराले खानेपानी आयोजनाको पाइप बगायो

तनहुँ, १९ भदौ: व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यास–१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप पहिराले बगाएर क्षति पुगेको छ । दुई दिन निरन्तर परेको बर्सातले व्यास नगरपालिका–१३ स्थित धारापानी नजिक डाँडो नै खसेर खानेपानीको पाइप बगाएपछि पानी आपूर्ति बन्द भएको छ । पहिराले खानेपानीको पाइप बगाएर सेतीनदी किनारसम्म पुराएको संस्थाका […]

चुरे विनासको असर : धनुषाका दर्जनौं गाउँमा खानेपानी हाहाकार

जनकपुरधाम : गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व-पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौ गाउँहरूमा खानेपानी हाहाकार भएको छ।नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँहरूमा पानीको समस्या चर्कंदै गएको हो।यहाँका मुहान धमाधम सुकेका छन्। स्थानीयवासीहरू धारा र कुवा र इनारमा रातभर लाइन बस्न बाध्य छन्। इनार, बोरिङ, हातेपाइप र पोखरी लगायतका अधिकांश पा