काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत गर्नुभएको छ । आज बिहीवार काठमाण्डाैमा आयोजित नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो सङ्केत गर्नुभएको हो । उहाँले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीले समय मागिरहे पनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताउनुभयो । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिब...