काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले निर्वाचन प्रणाली महँगो भएकाले यस्तो प्रणालीमाथि विचार गर्नुपर्ने वेला आएको बताएका छन्।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अध्यक्ष नेपालले भ्रष्टाचारको जालो समाप्त पार्न स्वच्छ राजनीति गर्नुपर्ने बताएका छन्। उनले समानुपातिक निर्वाचन प्रणालीमा गएपनि निर्वाचनमा हुने खर्च नरोकिने बताए। यसका निम्ति सत्तामा रहेका व्यक्तिहरूको धारणा स्पष्ट हुनुपर्ने जिकिर गरे।‘भ्रष्टाचारको जालोलाई तोड्ने काम गरौँ। भ्रष्टाचार व्याप्त छ। जुनसुकै कुरामा