काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको राजनीति विकृत भएको बताउनुभएको छ ।
साेमवार काठमाण्डाैमा एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल (आईसीटीयू) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले देशको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले देशकाे राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाउनुभयो । उहाँले भ्रष्टाचार, सहजै सेवा प्रवाह नगर्नु र नागरिककाे समस्यालाई बेवास्ता गर्ने...