वर्तमान सरकारले जन-चाहना अनुसार काम गर्नुपर्छ: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिहरुको सम्बोधन हुनेगरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।...
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारलाई पुनःस्थापना गर्ने काम वर्तमान गठबन्धन सरकारले अगाडि बढाउने बताएका छन् । आज मेची महाकाली जागरण अभियानका क्रममा विस्थापित परिवार बस्दै आएको ढक्का शिविरमा आयोजित छलफलमा उनले लामो समयदेखि बल्झिएको समस्या समाधान गर्नका लागि आफूले पनि पहल गर्ने बताए । […]
काठमाण्डाै – सत्तारुढ गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलभित्रै भए पनि आफ्नो पार्टीलाई बाइपास गर्ने काम भइरहेको गुनासो गर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज भएको पत्रकार सम्मेलनमा उहाँले आफूहरूले गरेको योगदानलाई नबिर्सिन चेतावनी दिनुभएको छ ।
गठबन्धनलाई टिकाउने र निरन्तरता दिने कुरा भइरहँदा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भैरहेको उहाँको गुनासो छ । अध्यक्ष नेपालले खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै माओवादीको व्यवहारप्रति आपत्ति जनाउनुभयो ।
उह...
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रूप भएको बताएका छन् । समाजवादी सहकारी सङ्गठन नेपालद्वारा आज आयोजित कार्यक्रममा उनले सहकारीले आम मानिसको हितमा काम गर्नुपर्ने बताए । उनले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी निजी र राज्य सम्मिलित तीनखम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताएका छन् । समाजमा छरिएका स–साना […]
काठमाडौँ,२५ पुष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले जनतालाई अनुभूत हुनेगरी सङ्घीयता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै समाजवादका मूल मर्ममा रहेको सरकारले काम गर्नुपर्ने बताए । अध्यक्ष नेपालले राजनीतिक अग्रजले देश र जनतालाई सार्वभौम र स्वतन्त्र बनाउन योगदान […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको बताउनुभएको हो । अध्यक्ष नेपालले एमसीसीमा व्याख्यात्मक टिप्पणी पनि […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले गफ होइन काम गरेर देखाउने बताएका छन् । पार्टीको जनसभालाई काठमाडौँको भृकुटीमण्डपमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गफाडीहरूले कुरा मात्रै गर्ने भन्दै आफूहरूले काम गरेर देखाउने बताएका हुन् । ‘हाम्रो पार्टीको भविष्य छ, गफाडीहरूको कुनै काम छैन। हामी काम गरेर देखाउँछौँ। जनताको जीवनस्तरमा रुपान्तरण हुने गरी […]
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्नेतर्फ राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्।नेकपा (माओवादी केन्द्र) को ८ औँ महाधिवेशनमा आइतबार अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्नेतर्फ राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका हुन्।उनले राजनीतिक दलहरू शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, जनताको पीडा र वेदनाहरूलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनसके मात्र आफूलाई लो
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)लाई कुरुप बनाउने काम गरिएको बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकको समूहगत छलफलमा जबजबारे प्रश्न उठेको थियो । जवाफमा अध्यक्ष नेपालले जबज माक्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको बताए । उनले भे, ‘न हामी जबजको देवत्वकरण गर्छौं, न त्यसको कुरुपीकरण । हामी जबजलाई […]