२०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि घलेम्दी हाइड्रोले तय गर्‍यो बुक क्लोजको मिति

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक ३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हाल कायम चुक्ता पूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि असोज १८ गते अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासनको मिति भने तय हुन बाँकी छ । कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात चुक्ता पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभास्थित छुजुङ्ग खोला जलविद्युत् आयोजनामा लगानी गर्नका लागि कम्पनीले हकप्रद मार्फत पूँजी जुटाउन लागेको हो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

सम्बन्धित सामग्री

घलेम्दी हाइड्रोको हकप्रद शेयर बाँडफाँट, ३२ लाखभन्दा बढी कित्ता लिलामीमा आउने

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मङ्सिर १० गतेदेखि पुस १६ गतेसम्म विक्री गरेको २०० प्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूका लागि विद्यमान चुक्ता पूँजी ५५ करोड रुपैयाँको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । सो अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद विक्री खुला गरेकोमा पुस २५ गते ७७ लाख ८२ हजार २७६ कित्ता हकप्रद शेयर बाँडफाँट भएको हो । कम्पनीले निष्कासन गरेको कुल कित्ता हकप्रद शेयरमध्ये ३२ लाख १७ हजार ७२४ कित्ता भने वितरण हुन सकेको छैन । यस अवधिमा विक्री हुन नसकेको यी शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

घलेम्दी हाइड्रोको २०० % हकप्रद शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । मङ्सिर १० गतेदेखि विक्रीमा आएको घलेम्दी हाइड्रो कम्पनी लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १६ गतेसम्मका लागि यो हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक ३ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो । सूचना हेर्न यहाँ  क्लिक गर्नुहाेस्

घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं । घलेम्दी हाइड्रो कम्पनी लिमिटेडले आजदेखि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जस अनुसार कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर पुस १ गतेसम्म विक्रीमा रहनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

मङ्सिर १० देखि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै घलेम्दी हाइड्रो

काठमाडौं । घलेम्दी हाइड्रो कम्पनी लिमिटेडले मङ्सिर १० गतेदेखि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । जस अनुसार कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक ३ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर पुस १ गतेसम्म विक्रीमा रहनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

आजसम्म कायम शेयरधनीले घलेम्दी हाइड्रोको २०० % हकप्रद शेयरमा आवेदन दिन पाउने

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद शेयर भर्नका लागि योग्य हुने आज अन्तिम रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि भोलि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा आजसम्म कायम शेयरधनीहरू मात्रै यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन् ।  नेपाल धितोपत्र बोर्डले केही समयअघि कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको थियो । अब यो कम्पनीले १ः२ अनुपातमा अर्थात् चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरूलाई विक्री गर्नेछ ।  कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवर्द्धित संखुवासभास्थित छुजुङ्ग खोला जलविद्युत् आयोजनामा लगानी गर्नका लागि कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो ।

हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पर्खिँदै ११ कम्पनी

काठमाडौं । पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार खाली नहुने गरी नै सार्वजनिक निष्कासनका लागि अनुमति दिइरहेको हो । सार्वजनिक निष्कासनमा आउने धितोपत्रमध्ये साधारण शेयर नै बढी रहेको छ । बोर्डले धितोपत्रमा विविधीकरणका लागि साधारण शेयरसँगै ऋणपत्र, म्युचुअल फण्डको इकाई र हकप्रद शेयरलाई समेत प्राथमिकताका साथ स्वीकृति दिइरहेको छ । धितोपत्र दोस्रो बजार घटिरहेका कारण यतिबेला सार्वजनिक निष्कासनमा आएका साधारण शेयरबाहेक अन्यमा लगानीकर्ताको आकर्षण कम देखिएको छ । यो अवस्थामा बोर्डमा ११ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।  नारायणी डेभलपमेन्ट बैंकसमेत ११ कम्पनी यतिबेला हकप्रद शेयर निष्कासनका लागि अनुमति कुरेर बसेको अवस्था छ । २६ करोड २४ लाख ६७ हजार चुक्ता पूँजी रहेको नारायणी डेभलपमेन्ट बैंकले २०७९ भदौ ९ गते नै बोर्डमा निवेदन दिएको थियो । हकप्रदका लागि आवेदन दिएका ११ कम्पनीहरूमध्ये नारायणी डेभलपमेन्ट बैंकले नै सबैभन्दा पहिला आवेदन दिएको हो । अझै पनि कम्पनीको हकप्रद शेयर आवेदन प्रक्रिया जवाफ र समीक्षाअन्तर्गत नै रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ छ । योबाहेक अन्य सबै कम्पनी जलविद्युत क्षेत्रका छन् । पछिल्लो व्यवस्था अनुसार जलविद्युत कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न पाउने भएसँगै धेरै कम्पनी यो प्रक्रियामा गएका हुन् । हकप्रद शेयरमा मात्र हैन, साधारण शेयरमा समेत जलविद्युत कम्पनीको नै वर्चश्व रहँदै आएको छ । हकप्रद शेयर निष्कासनका लागि प्रतीक्षामा रहेका जलविद्युत कम्पनीहरूमा बरुण हाइड्रोपावर, आँखु खोला जलविद्युत्, ङादी ग्रुप पावर लिमिटेड, लिवर्टी इनर्जी, रिडी पावर, अरुण भ्याली हाइड्रोपावर, हिमालय उर्जा विकास, सिंगटी हाइड्रो इनर्जी, घलेम्दी हाइड्रो लिमिटेड र छयाङ्दी हाइड्रोपावर लिमिटेड छन् । घलेम्दी हाइड्रोले २०० प्रतिशत र आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । त्यस्तै रिडी पावर र लिवर्टी इनर्जीले ५० प्रतिशत र बरुण हाइड्रो, ङादी ग्रुप, छ्याङदी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।  हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमध्ये चार कम्पनीहरूको शेयर मूल्य २०० रुपैयाँभन्दा कम रहेको छ । आँखुखोला जलविद्युतको १५० रुपैयाँ, लिवर्टी इनर्जीको १५१ रुपैयाँ १० पैसा, रिडी पावरको १९४ रुपैयाँ र घलेम्दी हाइड्रोको १९५ रुपैयाँ शेयर मूल्य छ ।

घलेम्दी हाइड्रोले हकप्रद निष्कासनका लागि नियुक्त गर्‍यो विक्री प्रबन्धक

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेड (Ghalemdi Hydro Limited)को २०० प्रतिशत हकप्रद शेयर (Right Share) निष्कासन गर्नका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी कम्पनीले हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड (Muktinath Capital Limied)लाई नियुक्त गरेको हो । विक्री प्रबन्धक सम्बन्धी समझदारी पत्रमा घलेम्दी हाइड्रोपावरको तर्फबाट अध्यक्ष किशोर सुवेदी र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।  कम्पनीको वैशाख १६ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । हकप्रद विक्रीबाट संकलित पूँजी सांग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयोजनामा ५१ प्रतिशतभन्दा बढी शेयरमा लगानी गर्ने योजना कम्पनीको छ ।  हाल रू. ५५ करोड चुक्तापूँजी (Paid up Capital) रहेको कम्पनीको हकप्रद शेयर निष्कासनपछि यो पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ । अब कम्पनीले हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकको समन्वयमा नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नेछ । बोर्डको स्वीकृति प्राप्त भएमा कम्पनीका शेयरधनीहरूका लागि हकप्रद शेयर निष्कासन हुनेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनीको जगेडा कोष रकम रू. ११ करोड ११ लाखभन्दा बढी ऋणात्मक रहेको छ । यस अवधिसम्म कम्पनीको दीर्घकालीन कर्जा रू. ८६ करोड ८९ लाखभन्दा बढी र अल्पकालीन कर्जा रू. ८ करोड ६९ लाखभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ करोड ५५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।