काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको दोस्रो त्रैमासम्ममा रू. १ करोड ९५ लाख नोक्सानीमा छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २० लाख ७ हजार नाफा कमाएको थियो । चालू आवमा कम्पनीको वित्तीय खर्चमा वृद्धि भएकाले नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू. १ करोड १० लाख रहेकोमा चालू आवमा बढेर रू. ३ करोड २२ लाख पुगेको छ ।
कम्पनीको विद्युत् विक्री आम्दानी भने गत आवको तुलनामा चालू आवमा ६५ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत् विक्रीबापत रू. १ करोड ६४ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २ करोड ७३ लाख पुगेको हो ।
कम्पनीको चुक्तापूँजी रू. ५५ करोड रहेको छ । जगेडा कोष भने रू. ९ करोड ५६ लाख ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी रू. ३ दशमलव ५५ ऋणात्मक रहेको छ ।
त्यस्तै तरलता अनुपात शून्य दशलमव ६९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.८२ दशमलव ६० रहेको छ । साथै कम्पनीले २ सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।