काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घलेम्दी हाइड्रो लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीलाई सेबोनले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्न असोज १८ गते अनुमति दिएको हो ।
अनुमति पाएसँगै कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रद शेयर विक्रीबाट संकलित पूँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवर्द्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयोेजनामा ५१ प्रतिशतभन्दा बढी शेयरमा लगानी गर्ने योजना कम्पनीको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात चुक्ता पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ ।