सिभिल सहकारी ठगी प्रकरण : सहकारीको रकम ठग्न २१ कम्पनी खडा

विनाधितो कम्पनीका नाममा कर्जा लिई व्यक्तिको खातामा जम्मा निक्षेपकर्ताबाट उठाएको रकम ठग्न सिभिल सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद् इच्छाराज तामाङले २१ कम्पनी खडा गरेको खुलेको छ । जसमध्ये एउटा सिभिल बैंक लिमिटेड...

सम्बन्धित सामग्री

सहकारी ठगी प्रकरण : छानबिन समितिको कार्यादेशमा भएन दलहरूबीच सहमति

सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको कार्यादलको बैठक बिनानिष्कर्ष सकिएको हो ।

सिभिल सहकारी ठगी प्रकरण : तामाङसहित १२ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । निक्षेपकर्ताले जम्मा गरेको करोडौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित सबै आरोपितलाई ५ दिन थुनामा राखिने भएको छ । मंगलवार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राखेर नै अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । सहकारीका निक्षेपकर्ताको ७० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सोमवार तामाङलाई सीआईबीले पक्राउ गरेको थियो । यस्तै, उक्त कसुरमा संलग्न अन्य ११ जनालाई पनि मंगलवार पक्राउ गरिएको थियो । निक्षेपकर्ताले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई सहकारी ऐन तथा ठगीसम्बन्धी ऐनमा रहेर मुद्दा अगाडि बढाइएको छ । यसै क्रममा सीआईबीले मंगलवार उनीहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । सीआईबी प्रवक्ता श्यामकुमार महतोले उनीहरूलाई अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद पाएको बताए । १३७ जना निक्षेपकर्ताको उजुरीको आधारमा सीआईबीले पक्राउ गरेका तामाङ पूर्वसभासद् पनि हुन् । साथै, उनी सिभिल बैंकका बहालवाला अध्यक्ष पनि रहेका छन् । पक्राउ परेकामा सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि रहेका छन् । पक्राउ पर्ने अन्यमा सहकारीका सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेज मायोनानी महर्जन र एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगीत श्रेष्ठ रहेका छन् । यसैगरी सहकारीका लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ र कौस्तुभ केतन ढुंगाना रहेका छन् । यसैगरी सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्व लेखासमिति सदस्य हरिहर लामिछाने पनि पक्राउ परेका छन् । उनीहरूले संगठित रूपमा सहकारीको ७० करोड ८७ लाख १३ हजार रुपैयाँ ठगी गरेको निक्षेपकर्ताहरूको जाहेरीमा उल्लेख छ । आरोपितहरूले सहकारी ऐन तथा नियमावलीले तोकेको क्षेत्रभन्दा बाहिर गएर निजी प्रयोजनका लागि सहकारीको रकम प्रयोग गरेको बताइएको छ । सहकारीले गरेको विभिन्न क्षेत्रमा लगानीको प्रतिफल पनि नआएको बताइएको छ । ‘सहकारीले अरू विभिन्न संस्थामा लगानी गरेको थियो । तर, त्यसबापत सहकारीले पाउने प्रतिफल पनि प्राप्त नभएको जाहेरवालाहरूले बताएका छन्,’ सीआईबी प्रवक्ता महतोले भने, ‘त्यो रकम अन्त कतै लगेर हिनामिना गरिएको हुन सक्छ । तसर्थ यस विषयमा रहेर पनि अनुसन्धान गरिनेछ ।’ सहकारीबाट कर्जा लगानी भई तयार भएका परियोजनाहरूबाट निर्माण गरिएका संरचनाहरू विक्री गर्दा प्राप्त रकम पनि संस्थामा नआएको देखिएको छ । सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसूर गरेको देखिन आएकाले मुद्दा अगाडि बढाइएको प्रहरीको भनाइ छ ।