सहकारी ठगी प्रकरण: संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
सहकारीको रकम अपचलन गरेको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्नेछ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनेको पाँच दिन पूरा भइसक्दा प्रारम्भिक बैठकसम्म बसेको छैन। समितिका संयोजक तोकिएका नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले अहिलेसम्म पनि औपचारिक रुपमा बैठकको आह्वान गरेका छैनन्।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने अडान कायमै राखेको छ ।