बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

२० जेठ, काठमाडौं । उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोनाले महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा जर्मन जाइन्ट वुल्फ्सबर्गलाई ३–२ गोल अन्तरले हराउँदै बार्सिलोनाले दोस्रो पटक महिला च्याम्पियन्स लिगको उपाधि जितेको हो । नेदरल्याड्सको फिलिप्स स्टेडियममा भएको खेलमा वुल्फ्सबर्गले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । तेस्रो मिनेटमा नै इवा पजोरको गोलबाट […]

सम्बन्धित सामग्री

कोशीलाई हराउँदै एपिएफले जित्यो प्रधानमन्त्रीकप महिला क्रिकेटको उपाधि

काठमाडौं- प्रधानमन्त्रीकप टी-२० महिला राष्ट्रिय क्रिकेटको उपाधि विभागीय क्लब एपिएफले जितेको छ। बुधबार राति भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ११ रनले हराउँदै उपाधि जितेको हो। टियू मैदान कीर्तिपुरमा भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो। एपिएफका लागि इन्दु बर्माले ५३ रनको अर्धशतकीय […]

म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि

म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको शनिबार भएको फाइनलमा पर्वतलाई ३-२ सेटले पछि गर्दै म्याग्दी च्याम्पियन बनेको हो । उपाधि विजेता म्याग्दीले ट्रफीसहित रु एक लाख पुरस्कार प्राप्त गर्दा उपविजेता पर्वतले रु ७० हजार पुरस्कार प्राप्त गरेको छ । म्याग्दीले पर्वतलाई पहिलो, …

छैटौँ पटक अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं-दक्षिण अफ्रिकामा सम्पन्न आईसीसी महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले छैटौँ पटक जितेको छ। उपाधिमा दोस्रो पटक ह्याट्रिक गर्ने क्रममा अस्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकामाथि १९ रनको सहज जित हासिल गर्‍यो। केपटाउन स्थित न्युल्यान्डस मैदानमा भएको आठौं संस्करणको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रनको स्कोर तयार […]

यू–१५ महिला साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौं, २५ कार्तिक ।बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज (शुक्रबार) भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो । खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी […]

बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसिपको उपाधि

काठमाडाैँ । घरेलु टोली नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश छैठौं संस्करणको साफ महिला च्याम्पियन भएको छ । यससँगै साफ महिला इतिहासमा बंगलादेश नयाँ च्याम्पियन बनेको छ । यसअघिका पाँचै संस्करणमा भारतले उपाधि जितेको थियो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको प्रतिस्पर्धामा नेपालले पहिलो हाफमा दुई गोल खाँदा दोस्रो हाफमा एक गोल गर्न र एक […]

इंग्ल्यान्डले जित्यो महिला युरोकप उपाधि

लन्डन । आयोजक इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ । गएराति वेम्बलीमा भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र केलीले एक एक गोल गरिन् । जर्मनीका लिना मागुलले एक गोल फर्काइन् । खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता […] The post इंग्ल्यान्डले जित्यो महिला युरोकप उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

महिला युरो कपको उपाधि इङ्ल्यान्डले जित्यो

काठमाडौँ – महिला युरो कप–२०२२ को उपाधि इङ्ल्यान्डले जितेको छ । गए राति जर्मनीसँग भएको फाइनल भिडन्तमा इङ्ल्यान्डले २-१ को जित निकाल्दै उपाधि जितेको हो । यो जितसँगै इङ्ल्यान्डले पहिलोपटक युरो जितेर इतिहास रचेको छ । ८ पटक महिला युरो कपको उपाधि विजेता जर्मनीले भने थप एक गोल गर्न नसक्दा निराश हुनुपर्‍यो ।

पुलिसले जित्यो महिला गोल्डकपको उपाधि

काठमाडौं : प्रथम मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। धनगढी रंगशालामा शनिबार राति भएको फाइनलमा पुलिसले एपिएफ क्लबलाई १–० गोलले हरायो। पुलिसको जितमा निर्मला विकले निर्णायक गोल गर्नुभयो। निर्मलाले इन्जुरी समयमा गोल गर्दै पुलिसलाई उपाधि दिलाइन।  उपाधिसँगै पुलिसले पाँच लाख रुपियाँ पुरस्कार पायो। उपविजेता एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। पुलिसकी निर्मला विक प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी हुनुभयो। उहाँले ५० हजा

इङ्ग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

अस्ट्रेलियाको क्रिकेट टोलीले इङ्ग्ल्याण्डलाई हराउँदै महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। न्युजिल्याण्डस्थित क्रिस्टचर्च स्टेडियममा आज सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई ७१ रनले हराउँदै विश्वकपको उपाधि जितेको हो। टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो। जसमा ओपनर एस्ला हेलेले शतकीय पारि खेल्दै सर्वाधिक १ सय ७०…

चेल्सीलाई हराउँदै बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

काठमाडौं : बार्सिलोनाको महिला फुटबल टिमले च्याम्पियन्स लिगको उपाधि जितेको छ। आईतबार राति इङ्लिस क्लब चेल्सीलाई पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको हो।स्पेनिस क्लब बार्सिलोनाको महिला टिमले  चेल्सीमाथि ४–० को जित निकाल्यो। चेल्सीको पुरुष टिम शनिबार रातिमात्र एफ ए कपको फाईनलमा लेस्टर सिटीसँग पराजित भएको थियो।  त्यसको भोलिपल्ट महिला टिमले च्याम्पियन्स लिगको उपाधि गुमाउन पुग्यो।बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो। खेलको १४ औं मि