काठमाडौं : प्रथम मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। धनगढी रंगशालामा शनिबार राति भएको फाइनलमा पुलिसले एपिएफ क्लबलाई १–० गोलले हरायो। पुलिसको जितमा निर्मला विकले निर्णायक गोल गर्नुभयो। निर्मलाले इन्जुरी समयमा गोल गर्दै पुलिसलाई उपाधि दिलाइन। उपाधिसँगै पुलिसले पाँच लाख रुपियाँ पुरस्कार पायो। उपविजेता एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। पुलिसकी निर्मला विक प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी हुनुभयो। उहाँले ५० हजा