प्रतिपक्ष दलहरूको बहिष्कारका बीच बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेटको विनियोजन विधेयक र बजेट कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । बैठक सार्न गरिएको विपक्षी दलहरूको आग्रहलाई बेवास्ता गर्दै बसेको प्रदेशसभा बैठकबाट सत्तापक्ष नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयक र बजेट कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । बैठक चल्दै गर्दा कमजोर व्यवस्थापनका कारण विद्युत कटौती भएकाले संसद्मा रेकर्ड नरहने भन्दै बाँकी छलफल भोलिका लागि गर्न