हेटौंडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बिहीबार बसेको प्रदेशसभा बैठकले असार १ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो।बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरु उभिएका थिए। हाल प्रदेशसभामा रहेका १०७