बागमती प्रदेश सरकारको विनियोजन विधेयक स्वीकृत

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बहुमतले स्वीकृत भएको छ । प्रदेश सभाको बिहिबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयक–२०७९ लाई पारित गरियोस् भनि पेश गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।त्यस्तै प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ पनि पारित गरिएको छ । बिहीबार विहान ११ बजेदेखि बसेको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजे