ठेक्का लिएर काम अलपत्र पार्नेलाई कारबाही

तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भएको छ । सम्झौता अनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारबाही गर्ने भएको हो ।

सम्बन्धित सामग्री

भेरी करिडोरमा ठेकेदारको चरम लापरबाहीले पुलको काम अलपत्र

सुर्खेत : सरकारको मुख्य प्राथमिकता अझै पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ। पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिलासुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्युमार्ग जस्तै बन्न पुगेको छ। आधा दर्जन पुल ठेक्का लागे पनि विभिन्न बहानामा अलपत्र पारेपछि भेरी करिडोरमा यात्रा गर्ने यात्रुहरुलाई हैरानी हुँदै आएको हो।भेरी करिडोर भित्रको ५६ किलोमिटरभित्र यति बिल्डर्सले लिएको काम भारी मात्रामा गतिका साथ भए पनि सोही मार्गको बीचमा निर्माण हुने पुलहरुको काम नहुँ

ओखलढुंगामा सडक पुल निर्माणको काम अलपत्र

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ७ टक्सारको दोल्पुस्थित पोक्तिङ खोलामा निर्माण थालिएको सडक पुल अलपत्र परेको छ । ठेकेदार कम्पनीले पिलर उठाएपछि पुल निर्माणको काम अलपत्र पारेको हो । पक्की पुल निर्माणका लागि ठेक्का लागेको साढे २ वर्ष बितिसक्दा समेत पुल निर्माण भएको छैन । पूर्वाधार विकास कार्यालयमार्फत् ४ करोड ३५ लाख रुपैयाँको लागतमा काष्ठमण्डप […]

कालाेपत्रकाे ठेक्का लिएकाे कम्पनी सामान उठाएर हिँड्दा ५ महिनादेखि काम ठप्प

खोटाङ – ठेकेदारले अलपत्र छाडेपछि खोटाङको महुरे–राजापानी (२२ किलोमिटर) सडककाे कालोपत्रको काम पाँच महिनादेखि ठप्प बनेको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी सडक खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्शन/सिद्धी शाही जेभीले गएकाे पुसदेखि आयोजनाको काम अलपत्र पारेको हो । गाडी, क्रसरलगायतका मेशिन उठाएर हिँडेको ठेकेदार कम्पनी अहिलेसम्म निर्माणस्थलमा नफर्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । पुस अन्तिम हप्तादेखि निर्माणस्थलबाट उप...

नारायणघाट बुटबल सडकः काम अलपत्र पार्ने ठेकेदारलाई म्याद थप

सडक विभागले ठेक्का सम्झौता अनुसार काम नगर्ने नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङलाई कारबाही गर्नुको सट्टा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको छ। सुरुआती ठेक्का सम्झौता अनुसार यो सडक खण्डको ठेक्का २०७९ साउन २२ गतेभित्रै निर्माण...

बन्दीपुर ‘मिनी ग्रेटवाल’को काम अलपत्र, सडक पनि बनेन

६ असार, चितवन । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा चिनियाँ ग्रेटवालको झल्को दिने भन्दै बनाउन लागिएको ‘मिनी ग्रेटवाल’को काम अलपत्र परेको छ । निर्माणको ठेक्का पाएको ठेकदार सम्पर्कविहीन भएपछि चालु आर्थिक वर्षमा काम सम्पन्न नहुने भएको हो । थानीमाई डाँडादेखि मुकुन्देश्वरी डाँडासम्म कूल १ हजार २५० मिटर लामो ढुंगाको पर्खाल लगाइँदै छ । त्यसैलाई ‘मिनी ग्रेटवाल’को […]

गाईघाट–दिक्तेल सडक निर्माण कम्पनीको ठेक्का रद्द

उदयपुर । सडक निर्माणको जिम्मा लिएर वर्षैदेखि काम अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरिएको छ । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट – दिक्तेल सडक खण्डमा पर्ने बिभिन्न प्याकेजमा सडक कालोपत्र गर्ने जिम्मा लिएको निर्माण कम्पनीले सडक कालोपत्रे गर्ने काम अलपत्र छाडेपछि ठेक्का सम्झौता रद्द गरिएको हो । खोटाङ तर्फ र उदयपुर तर्फ दुई प्याकेजमा […] The post गाईघाट–दिक्तेल सडक निर्माण कम्पनीको ठेक्का रद्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दलीय आडमा ठेक्का लिएर योजना अलपत्र

जाजरकोटको जिल्लाभरि विद्युतीकरण गर्ने भन्दै पाँच वर्ष अगाडि लगाएको ठेक्काको काम अहिलेसम्म पूरा नहुँदा विद्युतीकरणमा समस्य देखिएको छ । जिल्लामा विद्युतीकरण गर्ने भन्दै आर्थिक वर्ष २०७५/०७६ मा लिएको ठेक्का अहिलेसम्म निर्माण नभएका हुन् । एक वर्षभित्र पूरा गर्ने सम्झौता गरेर सामग्रीसहित बुझेर अहिलेसम्म काम नगर्दा जिल्लामा विद्युतीकरणको काम अलपत्र परेको हो । प्रदेश कार्यालय र […]

भुत्ते–आयुर्वेद सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित भुत्ते–आयुर्वेदको कार्यालय सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र परेको छ । सहरी विकास मन्त्रालयको २३ लाख ६८ हजार रुपैयाँमा निर्माण कम्पनी जेपी–लगलगे जेभीले ठेक्का लिएको सडकको ढलान तथा ग्राभेलिङको काम अलपत्र परेको हो । निर्माण कम्पनीले सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र छाड्दा स्थानीयलाई आवत जावतमा समस्या भएको […]

मेची राजमार्ग मर्मतको काम अलपत्र

इलाम । झापाबाट पूर्वी पहाडका तीन जिल्लालाई तराईसँग जोड्ने मेची राजमार्गको इलाम खण्डमा सडक पुनःस्थापनाको काम अलपत्र परेको छ । दैनिक सयौँ सवारीसाधनको आवतजावत हुने राजमार्ग मर्मतका लागि ठेक्का सम्झौता भएपनि पुनःस्थापनको काम अलपत्र परेको हो । सडक डिभिजन कार्यालय इलामले झापाको सीमावर्ती क्षेत्र चिहानडाँडादेखि पाँचथर र ताप्लेजुङ्गको सीमा क्षेत्र काबेली खोलासम्म सडक पुनः कालोपत्रे […]

काम अलपत्र पार्ने ठेकेदारमाथि कारबाही गर्न कानुनी बाटो खुल्यो

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदारसँग ठेक्का तोड्ने र कार्यसम्पादन जमानत (धरौटी) जफत गर्ने कानुनी बाटो खुलेको छ ।उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र जगदीश घिमिरेको संयुक्त इजलासबाट जारी उत्प्रेषण आदेशले प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीसँग ठेक्का तोड्ने, कार्यसम्पादन जमानत जफत गर्ने लगायतका निर्णय कार्यान्वयनका लागि कानुनी अड्चन हटेको हो । निर्माण कम्पनीले सार्