बन्दीपुर ‘मिनी ग्रेटवाल’को काम अलपत्र, सडक पनि बनेन

६ असार, चितवन । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा चिनियाँ ग्रेटवालको झल्को दिने भन्दै बनाउन लागिएको ‘मिनी ग्रेटवाल’को काम अलपत्र परेको छ । निर्माणको ठेक्का पाएको ठेकदार सम्पर्कविहीन भएपछि चालु आर्थिक वर्षमा काम सम्पन्न नहुने भएको हो । थानीमाई डाँडादेखि मुकुन्देश्वरी डाँडासम्म कूल १ हजार २५० मिटर लामो ढुंगाको पर्खाल लगाइँदै छ । त्यसैलाई ‘मिनी ग्रेटवाल’को […]

सम्बन्धित सामग्री

हलेसी पम्पिङ खानेपानी आयोजना : ठेक्का दिएको ७ वर्षमा पनि बनेन

सुक्खाग्रस्त हलेसी क्षेत्रमा निर्माणाधीन बृहत् पम्पिङ खानेपानी आयोजनाको काम अलपत्र परेको छ । विभिन्न निर्माण कम्पनीले ठेक्का लिएर करिब अन्तिम चरणमा आएर छाडेपछि अलपत्र परेको हो ।

६ वर्षमा पनि बनेन दुधौरा पुल

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् बाराको पथलैया–निजगढ सडक खण्डको दुधौरा खोला पुल निर्माणको काम अलपत्र परेको छ । निर्माण सम्झौता हुँदाको म्याद सकिएको ३ वर्ष बितिसकेको छ । तर न त सरकारले पुल निर्माणका लागि पर्याप्त बजेट छुट्याएको छ, न त निर्माण कम्पनीले नै सम्झौताअनुसार काम गरेको छ ।

६ वर्षमा पनि बनेन दुधौरा पुल

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् बाराको पथलैया–निजगढ सडक खण्डको दुधौरा खोला पुल निर्माणको काम अलपत्र परेको छ । निर्माण सम्झौता हुँदाको म्याद सकिएको ३ वर्ष बितिसकेको छ । तर न त सरकारले पुल निर्माणका लागि पर्याप्त बजेट छुट्याएको छ, न त निर्माण कम्पनीले नै सम्झौताअनुसार काम गरेको छ ।

सात वर्ष बितिसक्दा पनि पुल बनेन

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको काम अलपत्र छ ।  निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् ।  पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदल...

सात वर्ष बितिसक्दा पनि पुल बनेन

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको काम अलपत्र छ ।  निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् ।  पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदल...

चार वर्ष बित्यो, बनेन बसपार्क

सदरमुकाम गाईघाटमा बनाउन थालिएको अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माणको काम अलपत्र परेको छ । कोशी प्रदेशकै नमुना बसपार्क निर्माण गर्न भनेर २०७६ सालमै सम्झौता गरिए पनि निर्माण कम्पनीको चरम लापरबाहीले त्रियुगा बसपार्क अलपत्र परेको हो ।

बजेट कार्यान्वयन मास्टर प्लान बनेन : ८१ बुँदे मार्गदर्शन जारी

काठमाडौं। सरकारले गत जेठ १५ गते चालू आर्थिक वर्ष (आव) २०८०/८१ का लागि ल्याएको वार्षिक बजेट कार्यान्वयनका लागि मास्टर प्लान नबन्ने भएको छ । सरकारले चालू आवको बजेटको प्रभावकारी कार्यान्वयनका लागि अघिल्ला वर्षहरू जस्तै कर्मकाण्ड पूरा गर्न बिहीवार मार्गदर्शन जारी गरेको हो । अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई जारी गरेको ८१ बुँदे मार्गदर्शनमा नयाँ कुरा केही छैन । अर्थसचिव अर्जुनप्रसाद पोखरेलले जारी गरेको मार्गदर्शनमा स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न भनिएको छ । चालू आवको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न मन्त्रालयले निर्देशन दिएको छ । कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि, निर्देशिका, मापदण्ड संशोधन गर्नुपर्ने वा नयाँ तर्जुमा गर्नुपर्ने भए अर्थको सहमति लिई साउनभित्र अनिवार्यरूपमा तयार गरी लागू गर्न र कार्यविधि स्वीकृत भएको ७ दिनभित्र वेबसाइटमा राख्न भनिएको छ । यस्तै आयोजनाको तयारीका चरण पूरा गरी कार्यक्रम र आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरीद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी आगामी असोज मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वान गर्न भनिएको छ । अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई जारी गरेको ८१ बुँदे मार्गदर्शनमा नयाँ कुरा केही छैन ।  बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता गर्न कात्तिक मसान्तसम्मको समय तोकिएको छ । ठेक्का सम्झौता भएको १५ दिनभित्र काम शुरू गर्नुपर्नेछ । कात्तिक मसान्तसम्ममा ठेक्का प्रक्रिया अगाडि नबढेका योजना तथा कार्यक्रमको बजेट रोक्का गर्ने मन्त्रालयले चेतावनी दिएको छ । तोकिएको गुणस्तर कायम नगर्ने, समयभित्र काम शुरू नगर्ने र काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कारवाही गरी ठेक्का सम्झौता रद्द गर्न मन्त्रालयले निर्देशन दिएको छ । बहुवर्षीय ठेक्कामा गएका कार्यक्रम तथा आयोजना विनियोजित बजेटबाटै कार्यान्वयन गर्नुपर्नेछ । सडक, पुल, बाँध, सिँचाइ, नहर जस्ता लामो समयसम्म सञ्चालनमा रहने ५ करोड रुपैयाँभन्दा माथि बजेटका पूर्वाधार आयोजनाको हकमा नयाँ आयोजनाको ठेक्का व्यवस्थापन गर्दा निर्माण सम्पन्न भएपछि कम्तीमा ५ वर्षसम्म सम्बद्ध निर्माण व्यवसायीले नै मर्मत गर्ने व्यवस्था मिलाउनु पर्नेछ । एकभन्दा बढी तहमा सहायक ठेक्का सम्झौता नगराउन पनि भनिएको छ । १० करोड रुपैयाँभन्दा माथिका आयोजनाको निर्माण गुणस्तरको प्राविधिक परीक्षण राष्ट्रिय सतर्कता केन्द्रबाट गराउन भनिएको छ ।  यस्तो मार्गदर्शन अघिल्ला वर्षहरूमा पनि जारी गरिन्थ्यो, सोही स्वरूपमै अर्थ मन्त्रालयले यसपालि जारी गरेको छ । मार्गदर्शनमा बजेटमा उल्लिखित कार्यक्रम के, कसरी, कति समयमा कार्यान्वयनमा जान्छन् भन्ने खुलाइएको छैन । यसबाट चालू आवमा पनि बजेट कार्यान्वयन प्रणालीमा रहेको समस्या यथावत् रहने निश्चित देखिएको छ ।

साढे पाँच वर्षसम्म बनेन सेती प्रादेशिक अस्पतालको भवन, अधुरै भवनबाट ओपिडी सेवा

सम्झौताअनुसार साढे दुई वर्षमा बन्नुपर्ने सेती प्रादेशिक अस्पतालको भवन साढे पाँच वर्षभन्दा बढी समय बित्दासम्म अधुरै छ । निर्माण कम्पनीको लापरबाहीले लामो समयसम्म भवनको काम अलपत्र पर्दा अस्पताललाई भने भवन अभावले...

२२ वर्षसम्म पनि बनेन ताप्लेजुङकाे बसपार्क

ताप्लेजुङ – ताप्लेजुङमा निर्माण सुरु भएको २२ वर्षसम्म पनि बसपार्क बन्न सकेको छैन । २०५६ सालमा फुङलिङ नगरपालिकाको वडा नम्बर ४  र ५ मा पर्ने ठूलोगाउँमा बन्दै गरेको बसपार्क निर्माणका लागि अहिलेसम्म झन्डै चार करोड रुपैयाँ खर्च भइसक्दा पनि कहिलेसम्म बनिसक्छ भन्ने टुङ्गो छैन ।  बसपार्क निर्माणको काम अलपत्र हुँदा सडकका किनारमा पार्किङ गर्ने गरिएका छन् । विभिन्न विवादका कारण निर्माणको काम अलपत्र परेको फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताउनुभयो । नगरपालिकाकी उपमेयर भीमादेवी ओझाले आफूले पहिलेदेखि नै यहाँ...

६ वर्षमा पनि बनेन हापुरखोलाको पुल

दाङ । दाङको कोठरी–डुरुवा जोड्ने हापुरखोलाको पुलको निर्माण कार्य छ वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण शुरू भएको लामो समय बितिसक्दा पनि अझैसम्म निर्माण पूरा हुन सकेको छैन ।      समयमा पुल नबनेका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएको बताइएको छ । २०७२ सालमा सो पुलको निर्माण सम्झौता भएको थियो । निर्माण व्यवसायीको लापरबाही र पुल बन्ने स्थानमा जग्गा विवादले पुल निमार्णको काममा ढिलाइ भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए । उनका अनुसार उक्त पुल निर्माणका लागि ६ वर्षअघि १३ करोडमा सूर्य कन्स्ट्रक्सन निर्माण कम्पनी सुर्खेतलाई जिम्मेवारी दिइएको थियो । सो कम्पनीले निर्माण बीचैमै छाडेर दोस्रो कम्पनीलाई निर्माण गर्न जिम्मा दिए पनि सो कम्पनी पनि सम्पर्कविहीन भएपछि निर्माण रोकिएको छ ।      कार्यालयबाट ठेकेदारलाई सम्र्पक गरी दुई हप्ताभित्र काम शुरू नगरे कम्पनीलाई कालोसूचीमा राख्ने र सूचना प्रकाशित गर्ने चेतावनीसमेत दिइएको छ । प्रमुख जैसवालले जग्गाधनीले मुआब्जा खोजेकाले निर्माणमा अवरोध भएको पनि बताए । सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर तथा सूचना अधिकारी अमीर सुवेदीले हालसम्म उक्त पुलको काम ४० प्रतिशत मात्रै सम्पन्न भएको बताए । तुलसीपुर उपमहानगरपालिका–१५ का सूर्य चौधरीले पुल नहुँदा वर्षात्को समयमा वारपार गर्न निकै कठिनाइ हुने गरेको गुनासो गरे । पुल निर्माण सम्पन्न भए तुलसीपुर उपमहानगरपालिका– १४ र १५ का हजारौं स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । यसअघि सडक डिभिजन कार्यालय दाङले गत आर्थिक वर्षको असार मसान्तमा काम सक्नेगरी काम अगाडि बढिरहेको बताएको थियो तर अझैसम्म उक्त पुल निमार्णको काम अलपत्र अवस्थामै छ । रासस