कालाेपत्रकाे ठेक्का लिएकाे कम्पनी सामान उठाएर हिँड्दा ५ महिनादेखि काम ठप्प

खोटाङ – ठेकेदारले अलपत्र छाडेपछि खोटाङको महुरे–राजापानी (२२ किलोमिटर) सडककाे कालोपत्रको काम पाँच महिनादेखि ठप्प बनेको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी सडक खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्शन/सिद्धी शाही जेभीले गएकाे पुसदेखि आयोजनाको काम अलपत्र पारेको हो । गाडी, क्रसरलगायतका मेशिन उठाएर हिँडेको ठेकेदार कम्पनी अहिलेसम्म निर्माणस्थलमा नफर्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । पुस अन्तिम हप्तादेखि निर्माणस्थलबाट उप...