बैतडी : गएको एक हप्तादेखि बैतडीको एक विद्यालयका छात्राहरू एक्कासि बेहोस हुन थालेका छन्। शिवनाथ गाउँपालिका शर्मालीस्थित नागार्जुन माविका छात्राहरू गएको बिहीबारदेखि बेहोस हुन थालेका हुन्। कक्षाकोठामै छात्राहरू बेहोस हुन थालेका प्रधानाध्यापक महामलसिंह साउँदले जानकारी दिए। गएको बिहीबारदेखि कक्षा ८–१० मा अध्ययनरत छात्राहरू अकस्मात् बेहोस हुन थालेका छन्। छात्राहरू बेहोस हुँदा विद्यालय सञ्चालनमै समस्या भएको छ,' उनले भने, ‘विद्यालयमा पुग्ने बित्तिकै छात्रा बेहोस हुने र एक