काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने तयारी गरेअनुसार माघ पहिलो सातादेखि सबै विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए । भौतिक संरचना तथा विद्यार्थीको सङ्ख्याका आधारमा विद्यालय सञ्चालनबारे विद्यालयले थप निर्णय गर्ने जनाइएको छ । ललितपुर ...