कालीकोटका विद्यालय सञ्चालनमा

मान्म । कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रत्नसिंह साउदले बताए । ‘विद्यालय सञ्चालन गर्न शिक्षकलाई […]

सम्बन्धित सामग्री

हुम्लामा सामुदायिक विद्यालय सञ्चालनमा

सिमकोट – हिमाली जिल्ला हुम्लामा सामुदायिक विद्यालय सञ्चालनमा आएका छन्। पुस १५ गतेबाट लागू भएको हिउँदे बिदा सम्पन्न भएपछि विद्यालय सञ्चालनमा आएका हुन्। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज खत्रीले जाडो बिदामा रहेका सबै सामुदायिक विद्यालय सञ्चालनमा आएको बताए। उनले पुस १५ गतेबाट हिउँदे बिदामा रहेका जिल्लाका सात वटै गाउँपालिकाका २७ वटा मावि र […]

वीरगञ्जको मदरसा : कक्षा तीन, शिक्षक एक, भुईंमै पढाइ

९ फागुन, वीरगञ्ज । वीरगञ्ज-१३ राधेमाईदरगाह टोलमा बारिया ए दारा शरैया आधारभूत विद्यालय सात महिनापछि पुनः सञ्चालनमा आएको छ । विद्यालय सञ्चालनमा आए पनि बालबालिका भने विद्यालयबाट पाउनुपर्ने न्यूनतम सुविधाबाट बञ्चित छन् । बन्द विद्यालय सञ्चालनमा आए पनि बालबालिका भने विद्यालयबाट पाउनुपर्ने न्यूनतम सुविधाबाट वञ्चित छन् । मदरसा छेउमै रहेको भवनको भुईं तल्लाको एउटा कोठामा […]

तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या

म्याग्दी । मुख्य आयस्रोतको रूपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो । कोरोनाको महामारीका कारण पछिल्लो दुई वर्षयता तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा असर परेको प्रधानाध्यापक सुरत बानियाले बताए । ‘१६ जनामध्ये चारजना शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक एक लाखका दरले सहयोग गर्दै आएको थियो,’ उनले भने, ‘कुण्ड बन्द हुँदा ऋण खोजेर शिक्षकको तलब, भत्ताको जोहो गर्नुपरेको छ । तीन महिनामा दुई महिनाको तलब दिने र एक महिनाको पछि दिनेगरी भुक्तानी गरिएको छ ।’      गतवर्षसम्म १० निजी स्रोतका शिक्षक रहेकामा बेनी नगरपालिकाले दरबन्दी मिलानका क्रममा यसपालि प्रावि तहका पाँचजना शिक्षक पठाएको छ । यसअघि प्रावि तहका पाँचजना मात्र स्थायी दरबन्दीका शिक्षक थिए ।      मावि तहका एकजना शिक्षण सहायता अनुदानबाट नियुक्त गरिएका शिक्षक छन् । प्राविको दरबन्दीमा नियुक्त भए पनि निमावि र माविमा पढाउनेलाई भत्ता र निजी स्रोतका शिक्षकलाई भत्ता दिन तातोपानी कुण्डलाई आयस्रोत बनाइएको थियो । २०६५ सालदेखि निमावि र २०६९ सालदेखि मावि तह सञ्चालन भएको विद्यालयमा २५६ जना विद्यार्थी छन् । २०७६ चैतदेखि बन्द भएको तातोपानी कुण्ड २०७७ माघ १ गतेदेखि खोलिएकोमा कोरोनाको दोस्रो लहर फैलिएपछि २०७८ वैशाखदेखि बन्द भयो । गत असोज १ गतेदेखि खुलेको कुण्ड पुनः माघदेखि बन्द छ । आर्थिक वर्ष २०७६/७७ मा बिरामीको प्रवेश शुल्क र चन्दा सहयोगबाट एक करोड २१ लाख आम्दानी गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/७८ मा ४० लाख आम्दानी गरेको छ । समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले गतवर्ष ६ हजार जनाले स्नान गरेकोमा चालू आर्थिक वर्षको हालसम्म जम्मा दुई हजार पाँच सयजना मात्र आएको बताए । रू. ३५० तिरेर १० दिनसम्म स्नान गर्न पाइन्छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ । बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ । प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा एकपटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ । रासस

दाङमा सोमबारदेखि विद्यालयमै पठनपाठन सुरु

दाङ – दाङमा साेमबारदेखि  विद्यालय सञ्चालनमा आएका छन्। कोरोना भाइरस संक्रमण फैलिएपछि विद्यालय बन्द गरिएको थियो। लामो समयपछि विद्यालय सञ्चालनमा आउँदा विद्यार्थी खुसी भएका छन्। ‘विद्यालयमा गएर कहिले पढ्न पाइन्छ भन्ने थियो, बल्ल स्कुल खुल्यो’, यमुना न्यौपानेले भनिन्, ‘अब विद्यालय बन्द नहुनेगरी पढाइ गर्ने योजना बनोस्।’ लामो समय घरमै बसिरहँदा विद्यार्थीको सिकाइ क्रियाकलाप प्रभावित बनेको […]

तनहुँमा वैशाखदेखि बन्द विद्यालय सञ्चालनमा

तनहुँ, भदौ २१ । तनहुँमा वैशाखदेखि बन्द भएका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुवात गरिएको हो । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण क्षेत्रमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो । जिल्लाको व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाले विद्यालय […]

पाटन नगरपालिकाका विद्यालय सञ्चालनमा

बैतडी : बैतडीको पाटन नगरपालिका विद्यालय आजदेखि सञ्चालनमा आउँदैछन्।  स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालय सञ्चालनमा ल्याइने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए। कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन हुन लागेका हुन्। उनले भने,‘स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै जोर बिजोर रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं।’लामो समयदेखि विद्यालय बन्द रहँदा बालबालिकाको भविष्यमा नै असर पर्ने भएकोले  विद्या

दाङमा पनि विद्यालय खुल्दै

दाङको शान्तिनगर गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने भएको छ। गाउँपालिकाको शिक्षा समितिको बिहीबारको बैठकले स्वास्थ्य तथा सुरक्षाको मापदण्ड लागु गर्दै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर...

तनहुँमा अनुमतिविनै विद्यालय सञ्चालन

तनहुँ : कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन्। जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन्।तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ। यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन्। निजी विद्यालयले विद्यालय पोशाकविना विद्यार्थी विद्यालयमा बोलाए

सञ्चालनमा आउँदै उपत्यकाका विद्यालय

काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने तयारी गरेअनुसार माघ पहिलो सातादेखि सबै विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए । भौतिक संरचना तथा विद्यार्थीको सङ्ख्याका आधारमा विद्यालय सञ्चालनबारे विद्यालयले थप निर्णय गर्ने जनाइएको छ । ललितपुर ...

नयाँ विद्यालय सञ्चालनमा रोक

काठमाडाैँ – नयाँ विद्यालय सञ्चालनमा रोक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि ...