विद्युत प्राधिकरणका कारण रोकिए एचआइडीसीएलका ३५ अर्बका दुईवटा आयोजना

काठमाडौं : विद्युत खरिद बिक्री सम्झौता (पीपीए) नहुँदा हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टेमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) कादुई आयोजना अलपत्र परेका छन्। अध्ययन सकेर निर्माणमा जान तयार अवस्थामा रहेका ७७.५ मेगावाटको घुन्साखोला र ७०.३४ मेगावाटको सिम्बुवा खोला जलविद्युतआयोजना पीपीए नभएकै कारण रोकिएका हुन्। पीपीए नहुँदा फाइनान्सियल क्लोजरलगायतको प्रक्रिया सुरु गर्न नसकिएको कम्पनीप्रमुख कार्यकारी अधिकृत (सीइओ) अर्जुन कुमार गौतमले बताए। उनका अनुसार पीपीएका लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिइएको छ। प्राधिकरणले कोटा सकिएको र हिउँदको मागनदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका आयोजनाहरुले पूरा नगर्ने भन्दै साढे तीन वर्षदेखि रोकेको छ। दुवै आयोजना आरओआरप्रकृतिका हुन्। जसका कारण पूर्व तयारी सकेर निर्माणमा जानुपर्ने आयोजनाको भविष्य नै अन्योलमा परेको छ। 'हामीले प्राधिकरणदेखि ऊर्जा मन्त्रालयसम्मै आग्रह गरिरहेका छौं। हाम्रा लागि मात्रै पीपीए खुलाउने कुरा भएन,' कम्पनीका एकअधिकारीले भने, 'मन्त्रालय पनि निरीह छ।' यी दुई आयोजना विकासका लागि करिब ३५ अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ। घुन्साखोला एचआइडीसीएलको सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडमार्फत निर्माण गर्न लागेको छ भने सिम्बुवा रेमिट हाइड्रो लिमिटेडमार्फत सिम्बुवा खोला निर्माण गर्न लागिएको छ। एचआइडीसीएलले नेपालमा भित्रने रेमिट्यान्सको केही अंश प्रयोग गरेर निर्माण गर्नेगरिनयाँ अवधारणा बनाएर यो आयोजना निर्माण अघि बढाउन लागेको हो। रेमिट हाइड्रो २०१४ मा स्थापना गरेर अध्ययन सुरु गरिएको थियो। ८ वर्ष अध्ययनमै सीमित भएको छ। एचआइडीसीएलका एकइन्जिनियरले लगानीका लागि स्थापना भएको कम्पनीलाई आयोजना विकासको जिम्मेवारी दिन नहुने बताउँछन्। 'जुन कम्पनी जे उद्देश्यका लागि स्थापना भएको त्यही काम गर्नुपर्छ। हामी वित्तीय संस्था हौ। हामीलाई आयोजना विकासको जिम्मादिन हुँदैन,'उनले भने,' विद्युत उत्पादनका लागि स्थापना भएका कम्पनीलाई त्यस्तो जिम्मेवारी दिनुपर्छ।' घुन्साखोला जलविद्युत आयोजना घुन्साखोला जलविद्युत आयोजना ताप्लेजुङको घुन्सा खोलामा निर्माणको प्रस्ताव गरिएको छ। जसको विस्तृत अध्ययन प्रतिवेदन ( डीपीआर) र वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (इआइए) रिपोर्ट तयार भएको छ। आयोजनाबाट वार्षिक सरदर ४५९ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। यसको डिजाइन बहाव २१.२८ घनमिटर प्रतिसेकेण्ड छ। कुलहेड ग्रस हेड ४३२ मिटर छ। सम्भाव्यता अध्ययन अनुसार यो आयोजनाको सम्पूर्ण मुख्य संरचना घुन्सा खोलाको दायाँ किनारमा रहनेछन्। हेडवर्क्स फक्ताङलुङगाउँपालिकामा रहेको लामाटारमा प्रस्ताव गरिएको छ। ३२ मिटर लम्बाई र ६.७५ मिटर उचाइको बाँध निर्माण गरिनेछ। विद्युत उत्पादन भएपछि दायाँ किनारमा निर्माण गरिने २८.४ मिटर टेलरेसआउटलेट मार्फत पुन: घुन्सा-तमोर दोभान नजिकै पानी छाडिनेछ। ग्रस हेड ४३२ मिटर हुनेछ। आयोजनामा २८८ मिटर डाइभर्सन टनेल प्रस्ताव गरिएको छ। हेडरेस टनेल ४३१९ मिटर हुनेछ। चारवटा अडिट टनेल रहेका छन्।अण्डरग्राउण्ड पावर हाउस  हुनेछ। तीनवटा पेनस्टक पाइप रहेका छन्। ३५.७८ मिटरको दुईवटा र ३० मिटरको एउटा पेनस्टक रहनेछ। सिम्बुवा खोला जलविद्युत आयोजना सिम्बुवा जलविद्युत आयोजना ताप्लेजुङको सिम्बुवाखोलामा पहिचान भएको छ। आयोजना यसाङ, तामेवा, फक्ताङलुङमा निर्माणहुनेछ।  हेडवर्क्स यसाङ गाउँ नजिकै प्रस्ताव गरिएको छ। पावर हाउस तामेवा गाउँ नजिकै निर्माण हुनेछ। ४३९२.६९ मिटरको हेडरेस टनेल प्रस्ताव गरिएको छ। यो आयोजनामा पनि अण्डरग्राउण्ड पावर हाउस हुनेछ। ग्रस हेड ८८८.८६ मिटरहुनेछ। उत्पादित विद्युतलाई ३५.४४ किमीको १३२ केभी सिंगल सर्किटको प्रसारणलाइन निर्माण गरेर नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु सवस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोड्ने योजना छ। आयोजना निर्माणका लागि २९ किमी पहुँचमार्ग निर्माण गर्नुपर्नेछ। निर्माण थालेको चार वर्षमा सक्ने योजना छ। यो आयोजनाकोअन्तिम चरणमा विस्तृत अध्ययन भइरहेको छ।

सम्बन्धित सामग्री

विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । एशियाली विकास बैंकको ३७ करोड ७९ लाख सहुलियत ऋण सहयोगमा तयार भएका ५१ वटा चार्जिङ स्टेशन बुधबारदेखि सञ्चालनमा आएका हुन् ।  काठमाडौं उपत्यकामा सात वटा, धादिङको मलेखुमा दुईवटा तथा वीपी राजमार्गमा दुईवटा चार्जिङ स्टेसन निर्माण गरिएको छ । यस्तै हेटौंडा र भरतपुरमा दुई दुई वटा,...

धनुषामा विद्युत ट्रान्सफर्मर चोरीको आतंक

१३ भदौ, जनकपुरधाम । धनुषामा पछिल्लो समय विद्युट ट्रान्सफर्मर चोरीको घटना बढेको छ । २४ घण्टाभित्रै धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाबाट दुईवटा टान्सफर्मर चोरी भएको छ । मंगलबार राति बटेश्वर गाउँपालिका-५ शान्तिपुरस्थित खेतमा सिँचाइको लागि जडान भएको ५० केभीएको ट्रान्सफर्मर चोरी भएको हो । ११ हजार भोल्टको तारमा सर्ट गराइ लाइन काटेर ट्रान्सफर्मर चोरी […]

बालबालिका हिँड्ने सडकमा विद्युत प्राधिकरणको पासो (तस्बिरहरु)

तस्बिरमा तारैतारले ढाकिएको सडक कीर्तिपुरको हो। दैनिक हजारौँ मानिसहरु ओहोरदोहोर गर्ने यस सडक नेपाल विद्युत प्राधिकरणले फ्याँकेका तारैतारले ढाकिएको छ। सडकमा रहेका दुईवटा बिजुलीका पोल फेर्ने क्रममा विद्युत प्राधिकरणले जथाभावी तार काटेर बाटोमा छरिदिएको स्थानीय बताउँछन्। करिब एक सातादेखि यसरी सडकमा तार नपन्छाइएका कारण कतिपय स्कुल जाने बालबालिका तारमा अल्झिएर लडेको स्थानीय बताउँछन्। नाङ्गै अवस्थामा […]

जाल्पादेवी र चौथा जलविद्युत आयोजना विस्तार गरिँदै

जुम्लाका दुईवटा लघुजलविद्युत आयोजना विस्तार गरिने भएको छ । तातोपानी गाउँपालिकाको वडा नंं. ४ मा सञ्चालित ‘जाल्पादेवी’ जलविद्युत आयोजना र कनकासुन्दरी गाउँपालिका वडा नंं. १ मा सञ्चालित ‘चौथा’ जलविद्युत आयोजनालाई विस्तार गर्न लागिएको हो । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाको ‘ग्रामीण विद्युत विस्तार कार्यक्रम’ अन्तर्गत चालू आवमा जुम्लाका दुईवटा विद्युत आयोजना विस्तार गर्न […]

दाङमा एनसिएलका दुई टावरको  विद्युत् काटियो

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले दुईवटा एनसिएल टावरको विद्युत् काटेको छ । वितरण केन्द्रले हापुरेको र मोतिपुरको टावरको लाइन काटेको हो । विद्युतको बक्यौता रकम नबुझाएको भन्दै आइतबार ती टावरको लाइन काटिएको...

थप ४ वटा चार्जिङ स्टेशन बनाउँदै विद्युत प्राधिकरण

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले थप चारवटा वटा विद्युतीय चार्जिङ स्टेशन बनाउने भएको छ । प्राधिकरणले विद्युतीय सवारीको चार्जिङ पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता राखेर काठमाडौं उपत्यकामा दुईवटा र काठमाडौं उपत्यका बाहिर २ वटा गरी थप ४ वटा चार्जिङ स्टेशन बनाउन लागेको हो । प्राधिकरणले गरेको टेन्डर आव्हान अनुसार काठमाडौं उपत्यकामा बल्खु र सामाखुसीमा तथा काठमाडौं उपत्यका […]

विद्युत प्राधिकरणका कारण रोकिए एचआइडीसीएलका ३५ अर्बका दुईवटा आयोजना

काठमाडौं : विद्युत खरिद बिक्री सम्झौता (पीपीए) नहुँदा हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टेमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)का दुई आयोजना अलपत्र परेका छन्। अध्ययन सकेर निर्माणमा जान तयार अवस्थामा रहेका ७७.५ मेगावाटको घुन्साखोला र ७०.३४ मेगावाटको सिम्बुवा खोला जलविद्युत आयोजना पीपीएकै नभएकै कारण रोकिएका हुन्। पीपीए नहुँदा फाइनान्सियल क्लोजरलगायतको प्रक्रिया सुरु गर्न नसकिएको कम्पनी…

नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत्

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि […]

पहिरोले नहर बगाउँदा विद्युत सेवा अवरुद्ध

सिमकोट – हिल्दु साना जलविद्युत आयोजनाको नहर पहिरोले बगाउँदा हुम्ला सदरमुकाम सिमकोट समेत दुईवटा गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । बिहीबार बिहान गएको पहिरोले फर्बे नजिकको नहर बगाएपछि विद्युत आपूर्ति बन्द भएको हो । आयोजनाको पहिरो गएको स्थलमा रहेका हिल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले फर्बे ट्याङ्की नजिकको नहर पहिरोले बगाउँदा विद्युत सेवा अवरुद्ध […]

रेसुङ्गाका दुई वडा जोड्न झोलुङ्गे पुल निर्माण

२० असार, गुल्मी । रेसुङ्गा नगरपालिकाका दुईवटा वडालाई जोड्न झोलुङ्गे पुल निर्माण गरिएको छ । वडानम्बर-७ र वडानम्बर-९ लाई जोड्न पुल निर्माण गरिएको हो । वडानम्बर ७ को भुजलखर्क र वडानम्बर ९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्न घुमारो बाटो हिडनुपर्ने भएपछि दुई गाउँलाई झोलुङ्ले पुलले जोडिएको हो । झोलुङ्गे पुल बनेेपछि स्थानीयवासी खुसी छन् […]