अर्थमन्त्री जनार्दन शर्माले आन्तरिकसँगै बाह्य मुख्य तीन कारणले मुलुकको आर्थिक स्थितिमा समस्या आएको पुनः दोहोर्याएका छन् । संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूमा जवाफ दिँदै मन्त्री शर्माले कोभिड–१९ को प्रभाव, बेमौसमी वर्षा र पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै परेको समस्या शक्ति राष्ट्र रुस र युक्रेनबीचको बढ्दो द्धोन्द्धको प्रभाव नेपालमा समेत पर्दा अर्थतन्त्रमा समस्या आएको बताए ।यद्यपि, यी यावत् समस्यामा बाबजुद पनि चालु आर्थिक वर्षमा ५.८४ प्रतिशतको