काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरूमा ठूलो आर्थिक समस्या परेको बताउनुभएको छ ।
आज बुधवार काठमाण्डाैकेा चन्द्रागिरिमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रियस्तरबाट सहयोग भएमात्र नेपाल लगायतका हिमाली देशहरूको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘कोभिड–१९ महामारीले हाम...