आन्तरिक आर्थिक समस्या चीन

राष्ट्रपति सी चिन फिङ साँच्चै अप्ठेरो अवस्थामा परेका छन्। ताइवानसँगको तनावसँगै पश्चिमा देशहरूले सैन्य गतिविधि बढाएकोमा आक्रोश व्यक्त गरेका छन्। अर्कोतर्फ चीन आफै घरेलु समस्यामा फसेको छ। चीनको सबै भन्दा ठुलो समस्या भनेको आर्थिक समस्यामा नै हो। बाहिर देखिँदा सामान्य जस्तो लाग्ने चीनको आन्तरिक आर्थिक समस्या भुसको आगो झैँ सल्किएको छ। कुनै समय चिनियाँ अर्थतन्त्रको […]

सम्बन्धित सामग्री

राहत पठाउँछ तर, चेली रोक्छ चीन

विगत दुई वर्षयता कोभिड-१९ ले विश्वमा आर्थिक, सामाजिक र राजनीतिक उथलपुथल गरायो । विकसित देशहरूले पनि ठूलो धनजनको क्षति व्यहोर्नु पर्‍यो । तर पनि त्यहाँका सरकारहरूबाट मनग्य राहत र सामाजिक सुरक्षा भत्ताहरू दिएकोले त्यहाँका जनताले त्यति धेरै आर्थिक समस्या व्यहोर्नु परेन । नेपाल जस्ता विकासोन्मुख र गरीब देशहरूमा भने जनताको दैनिकी जीवनमा नै ठूलो असर […]

चीनतर्फको नाका बन्द हुँदा घरमै थन्किए ओलाङचुङगोलामा उत्पादित गलैँचा

जेठ २१, ताप्लेजुङ । यहाँको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएकाछन् । पछिल्लो एक वर्षयता यांकी शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् ।  उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा विक्री नहुँदा घरमै राखिएका छन् । ‘कोभिड–१९ को संक्रमणका कारण चीनतर्फको नाका पूर्णरूपले बन्द भई निर्यात नहुँदा करीब २ हजार २५० हाराहारीमा गलैँचा थन्किएका छन्’, त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले भने ।  उनका अनुसार ओलाङचुङगोलामा उत्पादीत गलैँचाको मूख्य बजार चीनको तिब्बत हो । एक अघिदेखि टिपताला नाकाबाट आवतजावतमा पूर्णरूपले रोक लगाईएपछि गलैँचाको व्यपार ठप्प छ । संक्रमण फैलने भन्दै गत वर्षको चैतमा तिब्बतले नाका बन्द गराएको गोलाबासीलाई जानकारी गराएको थियो । त्यस यता नाका खुलेको छैन । नेपाली बजारको तुलनामा तिब्बतका बजारमा एउटा गलैँचाको मूल्य करिब १० हजार रुपैयाँ बढी पाउने भएकाले व्यवसायीले तिब्बततर्फ नै निर्यात गर्दै आएका थिए । यहाँ बनेका गलैँचा गुणस्तरीय हुने भएकाले तिब्बतका बजारको रोजाईमा पर्ने गरेको स्थानीय व्यवसायीले बताए ।  यस्तै नेपाली बजारमा ग्राहकले सस्तो खोज्ने हुँदा लगानी र मेहनतअनुसार मूल्य नपाउने यहाँका व्यवसायीको भनाइ छ । ‘नाका बन्द हुँदा गलैँचाको व्यापार ठप्प छ, नेपालमै बेचौँ त, भने जस्तो मूल्य पाईँदैन, एक वर्षदेखि बनेका गलैँचा घरैमा थन्किए, अरु आम्दानीको श्रोत पनि छैन, समस्या हुँदै गयो’,स्थानीय भुजुङ शेर्पाले भने । व्यवसायीका अनुसार नेपालमा १० देखि १५ हजारका दरले बिक्री हुने गलैँचा तिब्बतमा २० देखि २५ हजार रुपैँयामा विक्री हुन्छ । गुणस्तरको आधारमा ३०–३५ हजार रुपैयाँसम्म पर्ने उनीहरूले बताए । एउटा गलैँचा बन्न कम्तिमा १ हप्तासम्म लाग्छ । गलैँचा बन्न प्रयोग गरिने धागो, रङलगायत सामान तयार गर्न छुट्टै समय लाग्छ । आवश्यक पर्ने कच्चा पदार्थ चीन बाटै ल्याउने गरिए पनि नाका बन्द भए यता नेपालकै बजारबाट ल्याउन थालिएको छ । एक वर्षदेखि गलैँचा विक्री नभए पनि यहाँका बासिन्दाले गलैँचा बन्न छाडेका छैनन् । नाका खुल्ला अनि बेचौँला भन्दै बन्दाबन्दीको समयलाई गलैँचा बनेर सदुपयोग गरिरहेका छन् । यतिबेला निषेधाज्ञाले कतै जान आउन नपाउने भए पछि घरैमा रहेका स्थानीयले गलैँचा बनेरै समय बिताउने गरेको वडाध्यक्ष शेर्पाले बताए ।  ‘आवश्यक पर्ने कच्चा पदार्थ एक वर्ष सम्मलाई पुग्ने गरी काठमाडौंलगायत ठाउँबाट ल्याएर गलैँचा बुनिरहेका छन्, लामो समयसम्म चीनतर्फको नाका नखुले अन्य बजार खोजेर पनि बजारीकरणमा सहयोग गर्नु पर्ला’, वडाध्यक्ष शेर्पाले भने ।  सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा पुगिने ओलाङचुङगोलामा हाल ५३ घर परिवारको बसोबास छ । यहाँका बासिन्दाले गलैँचा बुन्ने, पशु पालन गर्ने र जडिबुटी संकलन गर्ने गरेका छन् । पछिल्लो समय जनशक्तिको अभाव, जंगली जनावरको आक्रमणका कारण पशुपालन घट्दै गएको छ भने जडिबुटी संकलन पनि कमैले मात्र गर्न थालेका छन् ।  अन्य पेशाव्यवसाय नभएकाले गलैँचा उत्पादन नै यहाँका बासिन्दाको मुख्य पेशाव्यवसाय बनेको तर संक्रमण रोक्न गरिएको बन्दाबन्दीले व्यापार ठप्प हुँदा भने एक वर्षदेखि आर्थिक समस्या झेल्नु परेको स्थानीयवासीले बताएका छन् । गाउँमा वडाको बजेटबाट सञ्चालन हुने सानातिना योजनामा काम गर्न पाएकाले सामान्यतः सहयोग मिलेको समेत उनीहरूले बताए । रासस