आत्महत्या गर्नुमा आर्थिक समस्या प्रमुख

जनकपुरधाम : आत्महत्या गर्नुको प्रमुख कारणमा आर्थिक समस्या सबैभन्दा बढी रहेको मनोविद् पद्मप्रसाद घिमिरेले बताएका छन्।शनिबार नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले जनकपुरधाममा आयोजना गरेको संवादमा यस्तो बताइएको हो।आर्थिक कारणले ८० प्रतिशत, पारिवारिक कारणले १५ तथा मानसिक कारणले पाँच प्रतिशतले आत्महत्या गर्ने पाइएको मनोविद् घिमिरेले जानकारी गराए।कार्यक्रममा सहभागीले नकारात्मक समाचार तथा सूचनाका कारण पनि समाजमा आत्महत्या जस्तो घटनालाई प्रोत्साहन मिल्ने गरेकोमा चिन्ता व्यक्त गरे।समाजमा बढ्दो आत्महत्याका घ

सम्बन्धित सामग्री

निषेधाज्ञापछि मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकको रोजगारी गुम्यो

जेठ २८, काठमाडौं  । कोरोना भाइरसको संक्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल/ रेष्टुरेन्ट/ क्लब/ दोहोरी साँझलगायत) मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा शुक्रवार आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको पाइएको हो ।            उक्त संस्थाको तथ्याङ्कानुसार निषेधाज्ञामा २५ जना श्रमिकले रोजगारी गुमाएर खाने, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेको उल्लेख छ । यस क्षेत्रमा ८ लाख जनाले रोजगारी गर्छन् । कोरोनाको पहिलो चरणदेखि नै यस क्षेत्रको व्यवसाय प्रायः ठप्प छ । साथै यसमा संलग्न सबै रोजगारी पनि बन्द भएका छन् ।            विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले एक व्यक्तिको रोजगारीले कम्तीमा पाँच जनाको परिवार चलेको हुनाले करीब दुई वर्षदेखि नै रोजगारीको अवस्था नाजुक भएको कारण पछिल्लो डेढ महीनाको निषेधाज्ञाको अवधिमा २५ जना श्रमिकले आत्महत्या गरेको बताए।            गत वर्ष कोरोना महामारीमा रोजगारी गुम्दा मनोरञ्जन क्षेत्रका २९९ जनाले आत्महत्या गरेका थिए । विश्वास नेपालले ‘हाम्रो सम्मान’ परियोजनाअन्र्तगत यस क्षेत्रका श्रमिकका हक, अधिकार, काम कर्तव्यका बारेमा जानकारी दिनुका साथै समस्यामा परेका श्रमिकलाई विविध सहयोग गर्दै आएको छ ।            कार्यक्रममा परियोजना संयोजक विवेक शर्माले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरुको समस्या, श्रम ऐनले गरेका व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । उनले यस क्षेत्रमा रोजगारी गुमाउँदा श्रमिकले बस्ने कोठाबाट निकालिनुपर्ने, खाद्यान्न अभावलगायतका समस्याले मानसिक समस्या झेलिरहेको बताए ।            त्यसैगरी संस्थाका पैरवीकर्ता रसना ढकालले जुनसुकै क्षेत्रको रोजगारी आफैँमा राम्रो हुने भए पनि मनोरञ्जनको क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएकाले यस क्षेत्रमा काम गर्ने श्रमिकले आत्मसम्मान गुमाएर काम गर्नुपर्ने बताइन् । रोजगारी, व्यवसायमा स्वस्थ प्रतिस्पर्धा, श्रमिकको हक अधिकार तथा जिम्मेवारीपूर्ण सेवा प्रवर्द्धनका लागि सञ्चार क्षेत्र, नियम कानूनको कार्यान्वयनका लागि सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।            विश्वास नेपालले यस क्षेत्रमा काम गर्ने श्रमिकले हाल रोजगारी गुम्दा मनोसामाजिक समस्या, आर्थिक अभावका कारण पारिवारिक कलहजस्ता समस्याले आत्महत्याकोे बाटो रोज्ने गरेको पाइएको बताएको छ । संस्थाले श्रमिकहरुलाई मनोसामाजिक परामर्श, खाद्यान्नलगायतका सहयोग उपब्ध गराउँदै आएको छ भने आर्थिक उपार्जनको वैकल्पिक स्रोतका लागि क्रिष्टलका माला, झुम्का, चुरा, पोते बनाउनेलगायतका सामग्री बनाउने तालिम प्रदान गर्दै आएको छ ।  रासस

डिप्रेसनले डुबाउँदैछ अस्ट्रेलियामा नेपालीलाई

नयाँ वर्षको सेलिब्रेसन नसकिँदै सिड्नीस्थित नेपाली समाज शोकमा डुब्यो । किनभने सिड्नीकै लिड्कममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजालले आत्महत्या गरिन् । चार वर्षअघि अध्ययनका क्रममा अस्ट्रेलिया आएकी २३ वर्षीया अस्मिता सिड्नीस्थित इलाइट कलेजमा बिजनेस म्यानेजमेन्टमा डिप्लोमा गर्दै थिइन् । हक्की र पढन्ते स्वभावकी रिजाल पछिल्लो समय आर्थिक समस्या, सम्बन्ध र स्वास्थ्यका कारण चिन्तामा रहने गरेको उनका साथीहरूले बताएका थिए ।