काठमाडौं । विवेकशील साझा पार्टीका नेता डा. सुर्यराज आचार्यले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ ले नेपालको राष्ट्रियतामा दिर्घकालिन असर पार्ने बताउनुभएको छ ।
विवादित एमसीसी संसदबाट पारित गर्ने चर्चा चलिरहेका बेला डा. आचार्यले मंगलबार ट्वीट गर्दै यो सम्झौताले नेपाल भारतबीच भएको सन् १९५० को सन्धि जस्तै जस्तै दिर्घकालिन असर पार्ने बताउनुभएको छ ।
नेताहरु अहिले पनि भ्रममा रहेको भन्दै सांसदहरुलाई एमसीसी पारित गर्न हतार नगर्न उहाँको सुझाव छ ।
सुनिँदै छ, यो संसदबाट कुनै पनि बेला #MCC फ्याट्ट पास हुन सक्छ।
सबै दलका सांसद ज्युहरू, यो एजेन्डामा हतार नगर्नुस्। एमसिसीको पक्षमा पैरवि गर्ने तपाईका दलका नेता पूर्ण सुचित छैनन्, भ्रममा छन्। १९५० को नेपाल-भारत सन्धि जस्तै हाम्रो राष्ट्रिय हितमा दिर्घकालीन असर गर्ने संझौता हो।🙏
— Surya Raj Acharya (@SuryaRAcharya) March 16, 2021
संसदबाट पास भएर अन्तर्राष्ट्रिय सन्धिको हैसियत पाउने यो सम्झौतामा केही अनन्त कालसम्म लागू हुने प्रावधान रहेकोप्रति डा. आचार्यले सचेत गराउनुभएको छ ।