विराटनगर : प्रदेश १ मा सरकार सञ्चालनमा सहयोग गर्न राजनीतिक संयन्त्र बनेको छ।गठबन्धनको आज (मंगलबार) बसेको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र बनाइएको हो।सरकार सञ्चालनमा सहयोग गर्न राजनीतिक संयन्त्र निर्माण गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए।मन्त्री आङ्बोले कोइरालाको नेतृत्वमा गठबन्धन दलका नेताहरू सदस्य रहने गरी प्रदेश १ मा उच्चस्तरीय राजनीतिक स