प्रदेश १ मा राजनीतिक संयन्त्रले न्यूनतम साझा कार्यक्रमको खाका बनाउने

विराटनगर । प्रदेश १ सरकार सञ्चालनमा सत्ता गठबन्धन दलबीच समन्वय गर्न राजनीतिक संयन्त्र गठन गरिएको छ । सरकारमा पाँच दल सहभागी छन् । सरकार सञ्चालनमा समेत सहयोग गर्न र दलबीच समन्वयका लागि नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको संयोजकत्वमा राजनीतिक संयन्त्र गठन भएको हो । यही संयन्त्रले नयाँ सरकारको न्यूनतम साझा...

सम्बन्धित सामग्री

प्रदेश १ मा सत्ता गठबन्धनको प्रतिवद्धता : चैतभित्र सबैलाई कोरोना खोप

१० पुस, विराटनगर । प्रदेश १ को सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलका प्रतिनिधि सहभागी राजनीतिक संयन्त्रले प्रदेश सरकारलाई न्यूनतम साझा कार्यक्रम बुझाएको छ । नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाको नेतृत्वमा गठित उक्त कार्यदलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरु सदस्य थिए । उक्त कार्यदलले मुख्यमन्त्री […]

कार्यदलले बुझायो मुख्यमन्त्रीलाई नीति तथा कार्यक्रमको प्रतिवेदन

विराटनगर । सरकार परिवर्तनपछि नयाँ सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याउने भन्ने विषयमा गठन भएको कार्यदलले मुख्यमन्त्री राजेन्द्र राईलाई २० पृष्ठको नीति तथा कार्यक्रमको खाकासहितको प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका प्रदेश सांसद शेखरचन्द्र थापाले २० पृष्ठ लामो न्यूनतम साझा कार्यक्रमसम्बन्धी प्रतिवेदन मुख्यमन्त्री राईलाई हस्तान्तरण गरेका हुन् । प्रदेशको सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले भीम आचार्य नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई अनुकूलन गर्न न्यूनतम साझा कार्यक्रम ल्याउने घोषणा गरेका थिए । कात्तिक तेस्रो साता सांसद थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनलाई सरकार संचालनमा सहजीकरण गर्न भन्दै गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रमा लगेर छलफल गरेपछि सार्वजनिक गर्ने सरकारको तयारी छ । संयन्त्रको संयोजक रहेका कांग्रेस संसदीय दलका नेता राजीव कोइराला काठमाडौंमा रहेकोले उनी आएपछि संयन्त्रको बैठकमा प्रतिवेदन पेश गरिने मुख्यमन्त्री राजेन्द्रकुमार राईले जानकारी दिए । कार्यदलका संयोजक थापाले न्यूनतम साझा कार्यक्रम तयार पारेर कार्यान्वयन गर्नका लागि सरकारलाई बुझाएको बताए । उनले प्रदेश १ को विगतको हैसियत, वर्तमान र भविष्यमा गर्न सक्ने कामको आधारमा कार्यान्वयनयोग्य न्यूनतम साझा कार्यक्रम तयार पारेर हस्तान्तरण गरिएको जानकारी दिए । ‘कार्यदलबाट निर्णय गरेर बुझाएका छौं, यसको कार्यान्वयन सरकारले गर्ने हो,’ संयोजक थापाले भने, ‘प्रदेशको सामर्थ्यलाई ध्यानमा राखेर अल्पकालीन र दीर्घकालीन कार्यक्रम समेटेका छौं, मुख्यतया स्वास्थ्य, कृषि, शिक्षा कोभिड–१९ को अवस्थामा राहतलाई प्रतिवेदनको प्राथमिकतामा राखेका छौं ।’ उनले दीर्घकालीन रूपमा प्रदेश १ लाई समृद्ध बनाउने सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरूमा लगानी बढाउन पनि सरकारलाई सुझाव दिएको बताए । प्रदेशको धरातलीय यथार्थलाई दृष्टिगत गरी साधनस्रोतको सीमितता र प्रदेशका जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी प्रतिवेदनलाई सकेसम्म वस्तुपरक र कार्यान्वयनमुखी बनाइएको संयोजक थापाले बताए । कृषिक्षेत्रलाई व्यवसायीकरण, यान्त्रिकीकरण गर्दै उत्पादनमुखी बनाउनुका साथै कृषि नै समृद्धिको आधार भएकाले बढीभन्दा बढी रोजगारी अभिवृद्धि गर्ने सोचका साथ न्यूनतम साझा कार्यक्रममा समेटिएको थापाले बताए । ‘औद्योगिक आधारस्तम्भ भएको यस प्रदेशका साना, मझौला र घरेलु उद्योगलाई टेवा पु¥याउने गरी न्यूनतम साझा कार्यक्रममा व्यवस्था गरेका छौं,’ उनले भने, ‘प्रदेशमा थप नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचानका साथै विकास गरेर बढीभन्दा बढी पर्यटकहरूलाई आकर्षित गर्ने दृष्टिकोणले न्यूनतम साझा कार्यक्रम ल्याएका छौं ।’ स्वच्छ, सुखी र समृद्ध प्रदेश निर्माणका साथै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन सोचका साथ २० पृष्ठ लामो न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाइएको छ । न्यूनतम साझा कार्यक्रमको मस्यौदामा प्रदेशका सांसदको राय, सुझावसहित उच्चस्तरीय राजनीतिक संयन्त्रबाट पारित गराएर शुक्रवार सार्वजनिक गर्ने मुख्यमन्त्री राईले बताए ।

न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राईलाई बुझायो प्रतिवेदन

प्रदेश १ मा सत्तारुढ गठबन्धनद्वारा गठित सरकारको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राजेन्द्र राईलाई प्रतिवेदन बुझाएको छ । ५ दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले आज मुख्यमन्त्री राईलाई प्रतिवेदन बुझाएको हो ।उच्च स्तरीय राजनीतिक समितिले प्रदेशसभा सदस्य शेखरचन्द्र थापा संयोजकत्वमा ६ सदस्यीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल गठन गरेको थियो । कार्यदल सदस्यमा  राजन राई, धीरेन्द्र शर्मा, रामचन्द्र लिम्बू, अशोक चेम्जोङ सदस्य रहेका छन् भने र शेरधन राई नेतृत्वको स

न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राईलाई बुझायो प्रतिबेदन

विराटनगर– प्रदेश १ मा सत्तारुढ गठबन्धनद्वारा गठित सरकारको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राजेन्द्र राइलाई प्रतिबेदन बुझाएको छ । ५ दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले बुधबार मुख्यमन्त्री राईलाई प्रतिबेदन बुझाएको हो । उच्च स्तरीय राजनीतिक समितिले प्रदेश सभा सदस्य शेखरचन्द्र थापा संयोजकत्वमा ६ सदस्यीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल गठन गरेको थियो […]

मुख्यमन्त्री राईले डेढ महिनासम्म पनि केही काम गरेनन्

काठमाडौं । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश १ सरकार गठन भएको डेढ महिनामा पनि कुनै उल्लेख्य काम हुन सकेको छैन । बजेट पुनरावलोकन, न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद बिस्तार र अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने घोषणा गरेपनि कुनै पनि काम हुन नसकेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि राईले हालसम्म दुई पटक मात्रै मन्त्रिपरिषद्को बैठक राख्नुभएको […]