सत्ता गठबन्धनले केन्द्र सरकारको सिको गर्दै प्रदेशमा पनि सरकार सञ्चालनमा सहयोग गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको छ । विराटनगरमा सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको हो ।नेकपा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकार सञ्चालनमा सहयोग गर्न राजनीतिक संयन्त्र निर्माण गरिएको बताए । कोइरालाको नेतृत्वमा गठबन्धन दलका नेताहरू सदस्य रहने गरी प्